जिल्ला प्रहरि प्रमुख शाहीद्धारा ईप्रका सल्लीको भवनको शिलान्यास

  २४ श्रावण २०७६, शुक्रबार १४:५८

दुर्गा वि.सी./श्रावाण,२३

सल्याको बनगाड कुपिण्डे नगरपालिकाको सल्लीवजारमा इलाका प्रहरि कार्यालयको भवन निर्माणको शिलान्यास भएको छ । भवन शिलन्यास गर्दे जिल्ला प्रहरि प्रमुख विरेन्द्र वहादुर शाहीले जिर्ण भवनमा जनताको सेवा दिदै आएको इप्रकाले आगमी वर्षमा आफ्नै भवनमा सर्ने जनाउनु भएको छ । साथै निर्माण कम्पनीलाई गुणस्तयुक्त काम गरि समयमा सम्पन्न गर्न समेत अनुरोध गर्नु भएको छ । विगत लामो समयमा देखि असुरक्षित आवासमा कार्यालय सञ्चालन गर्दे आएको इप्रकाले समयमा काम सम्पन्न भए अर्को वर्ष सुन्दर आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्ने जनाएको छ ।

अढाई तलाको १६ कोठे भवनको लागि कर्णालि प्रदेश सरकारको तर्फबाट २ करोड ३० लाख ७७ हजार ५ सय पैतीस रुपैयाको वजेट विनीयोजन गरिएको थियो । सोहि रकममा देव सिं निर्माण सेवा प्रा।ली कैलाली निर्माण कम्पनीका कृष्ण वहादुर स्वाँर र जिल्ला प्रहरि कार्यालय सल्यान विच मिती २०७६ जेष्ठ २४ गतेका दिन मिती २०७७ जेष्ठ २३ गतेका दिन काम सम्पन्न गर्ने भनेर सम्झौता भएको जिल्ला प्रहरि प्रमुख शाहीले वताउँनु भएको छ । निर्धारित समयमै काम सुरुवात भएको छ । इलाका प्रहरि कार्यालय सल्लीवजारको कार्यालय,व्यारेक,भवन मेस,शौचालय तथा स्नान गृह समेत निर्माण हुने भएको छ । अहिले सम्म भवन नहुदाँ जिर्ण घरमा भाडा तीरेर प्रहरिले सल्यान पश्चिमका नागरिको जनधनको सुरक्षा गर्दे आएको छ । आफु असुरक्षित आवसमा भए पनि प्रहरिले नागरिकको सुरक्षा प्रति वफादार भएको इलाका प्रहरि कार्यालय सल्लीवजारका ईन्चार्ज शुसिल रावलले जानकारि दिनु भएको छ । भवन निर्माणको काम हेरिरहेका कम्पनि प्रतिनिधी इन्द्रवहादुर चन्दका अनुसार समयमा काम सक्ने लक्ष्यका साथ कम्पनीले कामलाई तीव्रता दिएको जनाउनु भएको छ । १ वर्ष भित्रै काम सम्पन्न गर्ने निमार्ण कम्पनीको दावि छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website