जेष्ठ नागरिक दिवा सेवा सञ्चालन

  १७ असार २०७६, मंगलवार २१:२४

सल्यानमा जेष्ठ नागरिक दिवा सेवा सञ्चालन गरिएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर २ डाँडागाउमा रहेको रामजानकी मन्दिरमा अब हरेक दिन जेष्ठ नागरिकहरुको जमघट हुने र सुख दुखका कुराहरु साटफेर गर्नको लागी दिवा सेवा सञ्चालन गरिएको हो । शारदा नगरपालिका सल्यानको आर्थिक सहयोगमा सशस्त्र प्रहरी गुल्म सल्यानले दिवा सेवा सञ्चालनको लागी आबश्यक ब्यबस्थापन गर्ने छ ।
अब देखी हरेक दिन बिहान ६ बजे देखी बेलुुका ६ बजे सम्म राम जानकी मन्दिर खुला रहने सशस्त्र प्रहरी गुल्मका गुल्मपति बिमल डाँगीले बताउनुभयो । उहाँले मन्दिरको ढोका खुल्ला गर्ने, बन्द गर्ने, सरसफाई गर्ने लगाएतका काम सशस्त्र प्रहरीले गर्ने बताउनुभयो । जेष्ठ नागरिकहरुका बिचमा आपसी सुख दुख साटासाट गर्ने र जेष्ठ नागरिक ज्ञान तथा अनुभवका खानी भएकाले उनीहरुमा भएको क्षमताको पुस्ता हस्तान्तरण गर्नको लागी पनि दिवा सेवा सञ्चालन गर्न आबश्यक भएको उहाँले बताउनुभयो ।


शारदा नगरपालिकाले पनि हालै सार्बजनिक गरेको निति, कार्यक्रम तथा बजेटमा पनि जेष्ठ नागरिकलाई प्राथामिकता दिएको छ । नगरले जेष्ठ नागरिकलाई साउन १ गतेदेखी लागु हुने गरी स्वास्थ्य उपचार स्वरुप मासिक ३ सय रुपैँया उपलब्ध गराउने तयारी गरेको नगरप्रमुख सुरेश अधिकारीले बताउनुभयो । उहाँले गत बर्ष देखी नगरका सबै जेष्ठ नागरिकहरुलाई दशैँतिहारमा चाडपर्व खर्च उपलब्ध गराउदैँ आएको बताउनुभयो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website