ट्याक्टरले वाईकलाई ठक्कर दिदाँ मोटरसाईकिलमा सवार सुनार घाईते
भाद्र,१० सल्यानकोे सल्लीवजारमा ट्याक्टरले मोटर साईकिललाई ठक्कर दिदाँ मोटरसाईकिल सवार बनगाड कुपिण्डे १ राउँचेका १६ वर्षिया निमराज सुनार घाईते भएका छन् । मोटरसाईकिल चालक अमित वराईलीलाई भने समान्य चोट लागेको छ ।
सल्लीवजारको माथिल्लो वजारमा भे १ त १८२० नं. को ट्याक्टर व्याग गर्दै गर्दा सल्लीचौहजारि सडकको माथितीर जाँदै गरेको भे ५ प ३३५१ नं.मोटरसाईकिललाई ट्याक्टरले ठक्कर दिएको प्रत्यक्ष दर्शिले जनाएका छन् । सुनारको भने दाहिने खुट्टामा चोट लागेको छ ।
खुट्टा फ्याक्चर भएको हुन सक्ने स्थानी सञ्जवनी सामुदायीक अस्पालतमा कार्यरत डाक्टर शुसिल मण्डलले जानकारि दिनु भएको छ । थप उपचारको लागि नेपालगञ्ज लगिएकोे जनाएको छ भने ठक्करदिने ट्याक्टर चालक सते लोहार भने इलाका प्रहरि कार्यलय सल्लीवजारको नियन्त्रणमा रहेको इलाका प्रहरि कार्यालय इन्चार्ज शुसिल रावलले जानकारि दिनु भएको छ । पछिल्लो समयमा सल्लीवजारमा दैनिक दिन दुर्घटनाको संख्यामा क्रमिक वृद्धि हुन थालेको छ ।