ठकुरी सहयोग संजाल सल्यान द्वारा विद्यालय र विध्यार्थिहरुलाई सहयोग ।

  १५ जेष्ठ २०७६, बुधबार १७:३५


ठकुरी सहयोग संजाल सल्यानले गणतन्त्र दिवसको अवसर पारेर विद्यालय र विद्यार्थिहरुलाई सहयोग गरेको छ । जिल्लाको दमाचौरमा रहेको भानुभक्त माध्यामिक विद्यालय र विद्यालयमा अध्यन्तर विपन्न परिवारका विद्यार्थिलाई सहयोग गरेको हो ।

विद्यालयलाई अग्नि नियन्त्रण सामाग्री र विपन्न तथा गरिब परिवारका विद्यार्थिहरुलाई झोला, कापी, कलम लगाएका सामाग्री वितरण गरिएको संजालका अध्यक्ष अभिषेक हमालले जानकारी दिनुभयो । कार्यक्रममा संजालका कर्णाली प्रदेश संयोजक प्रकाश बाबु चन्द, छत्रेश्वरी गाउपालिका वडा नं. १ का अध्यक्ष नेव बहादुर शाह, संजालका सहल्लाकार सचेत शाह, सन्तोष शाह, सविन हमाल लगाएको सहभागिता रहेको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website