तिज विशेष कार्यक्रम सम्पन्न

  ८ भाद्र २०७६, आईतवार १८:३६

भदौ ८, सल्यान
सारदा सामुदायिक वन उपभोक्ता समुहले तिज विशेष कार्यक्रम मनाएकोे छ । लोक सस्कृतिको जर्गेन गर्ने उदेश्यका साथ आइतबार शारदा नगरपालिका वडा नंं. १५ को स्यालाघारीमा तिज विशेष कार्यक्रम गरि मनाएको हो ।


शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीको प्रमुख अतिथ्यता र सारदा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सहदेव हमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शुरेस अधिकारीले यस्ता खालका कार्यक्रमले समाजलाई सकारात्मक भुमिका निर्वाह गरेको र आगामी दिनमा यस्ता खालका कार्यक्रमले सस्कृति जर्गेना गर्ने कामलाई कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा ब्यक्त गर्नुभयो । कार्यक्रममा अतिथि डिल्ली राज रेग्मीले शुभका

कार्यक्रममा शारदा नगरपालिका वडा नं. १५ का वडा अध्यक्ष हिमेन्द्र बाबु सेजवालले सस्कृतिको जर्गेन गर्ने भड्कीलो गरी मनाउने परिपाटी बढेको भन्दै आफु संग जे छ तेसैमा रमाउनु पर्ने बताउनु भयो । कार्यक्रममा शारदा नगरपालिकाकी कार्यसमिति सदस्य सुुस्मिता सुनार समाज परिर्वतण गर्र्नको लागि आफैबाट शुरुवात गर्नुपर्ने र तिजलाई लाई भड्कीलो गरी मनाउने परम्परा बढेको भन्दै यस्लाई रोक्ने जिम्मेवारी प्रत्येक नागरीकको भएको बताउनु भयो ।


समुहका अध्यक्ष सहदेव हमालले साधारण सभाको मागलाई मध्यनजर गरेर सम्पुर्ण दिदिबहिनिहरुलाई दर खुवाउनको लागि यो कार्यक्रममको आयोजना गरेको बताउनु भयो । समुहमा करिब १५० जना सदस्य रहेका छन् ।

 

 

 

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website