‘तिम्रै तस्वीर’ भरतको सांगितिक यात्रामा उत्कृष्ट प्रस्तुति
काठमाडौं-५ जेठ,
लोक दोहोरी गायक भरत परियारको ‘तिम्रै तस्वीर आँखैमा झलल’ बोलको मौलिक लोक दोहोरी गीत सार्वजानिक भएको छ ।
पछिल्लो समय मौलिक लोकदोहोरी हराउँदै गएको अवस्थामा यो गीत तयार परिएको गायक परियारले बताएका छन ।
गायिका रिता केसी र लोक दोहोरी गायक भरत परियारको स्वर रहेको गितमा लय शब्द पत्रकार धनराज वास्तविकले तयार पारेका छन । भिडियोमा शंकर विसी र रिना थापा मगरले अभिनय गरेका छन । दुर्गा पौडेलले खिचेका दृश्यलाई नविन घर्ती मगरले सम्पादन गरेका छन ।
शंकर विसीको निर्देशन रहेको गितलाई सार्थक टिजिटलको युट्युव च्यानल मार्फत बजारमा ल्याईएको हो । गीतको एरेन्ज सुरेश शाहीले गरेका हुन ।
भरतको यो तेस्रो गीत हो । उनले यसअघि हर खुसी दिन्छु तिमीलाई र आकाशैमा जुन र तारा जस्ता लोकदोहोरी गीत सार्वजनिक गरिसकेका छन ।
विगत लामो समय देखि नेपाली गीत संगीतमा लागेका भरत यो पेशालाई आगामि दिनमा अझै मजबुत बनाएर अघि बढाउने बताएका छन ।
हेर्नुहोस गीतको म्युजिक भिडियो: