तेक्वान्दो खेलाडीलाई खेल सामाग्री वितरण ।

  २ बैशाख २०७६, सोमबार १६:३४

तेक्वान्दो डोजाङ शारदा नगरपालिका ६ बरलाको आयोजनामा खेलाडीलाई खेलकुद सामाग्री बितरण तथा शुभकामना आदान प्रदान कार्यक्रम बरलामा सम्पन्न भयो ।

जिल्ला तेक्वान्दो संघ सल्यानका अध्यक्ष अरविन्द कुमार राई को अध्यक्षता एवम् शारदा नगरापलिका वडा नं. ६ का अध्यक्ष भिकराज बुढाथोकीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा वडा नं. १५ का वडा अध्यक्ष हिमेन्द्र बाबु सेजवाल, जिल्ला सम्वन्य समिति सल्यानका सदस्य सुस्मिता सापकोटा, जिल्ला खेलकुद विकास समिति सल्यानका अध्यक्ष विजय सिंह, स्थानिय मान बहादुर भण्डारी, टोप बहादुर के.सी. लगाएतकाले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
सो कार्यक्रममा शारदा नगरपालिका वडा नं. १४ घर भई हाल मकाउ बस्दै आएका गोपाल भण्डारीले खेलाडिहरुलाई खेल सामाग्री उपलब्ध गराउनु भएको थियो । आफुले सानोमा यहि ठाउँमा खेल्दा खेल सामग्रीको अभावलाई सम्झिएर जेहेन्दार खेलाडीहरुलाई दुई सेट पोसाक र चार सेट खेल सामाग्री उपलब्ध गराएको भण्डारीले बताउनु भयो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website