त्रिभुवन जन माध्यामिक विद्यालयमा इन्जिनियरिङ्ग पुर्वाधार भवनको उद्घाटन
शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारिले खलङ्गा स्थित त्रिभुवन जन माध्यामिक विद्यालयमा लुहापिङमा इन्जिनियरिङ्ग पुर्वाधार भवनको उद्घाटन गर्नुभएको छ। सल्यान जिल्लाको पुरोनो विद्यालयको रुपमा रहेको विद्यालयमा शारदा नगरपालिकाको ९ लाख रुपैया अनुदानमा भवनको निर्माण कार्य सम्पन्न भएको हो।
कार्यक्रम लाई सम्बोधन गर्दै अधिकारिले नगर भित्र स्तरिय शिक्षाका लागि अधिकतम प्रयत्न गरिने उल्लेख गर्दै सवै सरोकारवालाहरुको आपसी सहयोग बिना यो कुरा सम्भव नभएको धारणा राख्नुभयो। अधिकारीले भन्नुभयो सम्बृद्धिका लागि योग्य जनशक्ती आवस्यक रहेको भन्दै शैक्षिक गुणस्तर सुधार्न शिक्षकहरु नै लाग्नुपर्ने र त्यस्का लागि सहयोग गर्न शारदा नगरपालिका तत्पर रहेको स्पस्ट पार्नुभयो । अधिकारिले सो स्कुलका पुर्व प्रधानाध्यामक बादल कुमार श्रेष्ठको स्वास्थ्य लाभको कामना पनि गर्नुभयो । गम्भीर बिरामी श्रेष्ठको काठमाण्डौमा उपचार भैइरहेकोछ।
कार्यक्रममा शारदा नगरपालिका वडा नंं ३ का अध्यक्ष टोप बहादुर थापाले बिध्यालयको भौतिक पुर्वाधार बिकासमा नगरले सहयोग गरिरहेको भन्दै अब सवै मिलि स्कुलको शैक्षिक अवस्था सुधार्न लाग्नु पर्ने धारणा राख्नुभयो। वडा अध्यक्ष थापाले बिध्यालयको पुर्वाधार बिकासमा सहयोग पुर्याउने उद्देस्यले २० हजार रुपैयाको चेक पनि हस्तान्तरन गर्नुभएको थियो।
शिक्षक मधुशुदन शर्माले स्वागत गर्नुभएको कार्यक्रम शारदा नगरपालिका उपमेयर साबित्रा बस्नेत, वडा नं. २ का वडा अध्यक्ष केशव सिङ श्रेष्ठ, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नवराज शर्मा, निमित्त प्रधानाध्यपक महेश न्यौपाने लगाएतको उपस्थिती रहेको थियो।
साथै उप्त अवसरमा शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारिले सोही स्कुलमा निर्माण हुन गैरहेको ८ कोठे नमुना विद्यालय भवनको शिलान्यास गर्नुभएको छ। शिक्षा तथा मानव श्रोत केन्द्र को करिव १ करोड ५० लाख रुपैयाको अनुदानमा भवनको निमार्ण कार्य हुन लागेको हो ।