दलित तथा अपाङ्ग महिला लक्षित १० दिने सावुन बनाउने तालिमसप्पन्न
दलित तथा अपाङ्ग महिला लक्षित १० दिने सावुन बनाउने तालिमको समापन गरिएकोछ।शारदा नगर पालिकाको सहयोगमा शानपा १४ र १५ लाई लक्षित गरि सन्चालन गरिएको तालिम आज सकिएकोहो।तालिमको व्यवस्थापन सामाजिक बिकासका लागि समावेसी मन्च नेपालले गरेकोहो।
तालिम समापन कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अथिती एवम शानपा उप प्रमुख सबित्रा वस्नेतले महिला हरुको वहुआयामिक बिकाश बिना समाजको प्रगती सम्भव नभएको भन्दै उनिहरु लाई आर्थिक गतिबिधी सङ्ग जोड्नुपर्ने बताउनुभयो।उहाले महिला हरु चुलो चौको वाट निस्कनु पर्ने धारणा राख्दै हरेक क्षेत्रमा अव्व्ल हुनुको बिकल्प नभएको स्पस्ट पार्नुभयो।वस्नेतले नगरको लक्ष ससक्त समाज रहेको उल्लेख गर्दै त्यस्का लागि महिला हरुको बिकास अनिवाॠ रहेको बताउनुभयो।
कार्यक्रममा शानपा १४ का अध्यक्ष कृष्न बहादुर गिरिले तालिम लाई व्यवहारमा उतार्नु पर्ने भन्दै सीप बिकासका लागि आफू हरु हरेक प्रयत्न गर्न तयार रहेको स्पस्ट पार्नुभयो।
यसैगरी,कार्यक्रममा शानपा १५ का अध्यक्ष हिमेन्द्र बाबू सेजवालले सवै मतदाता हरु शिपयुक्त होउन भन्ने आफ्नो उधेस्य रहेको भन्दै वडाको सर्वाङ्गिन बिकासका लागि आफू दत्तचित्त रहेको धारणा राख्नुभयो।
मन्चका अध्यक्ष चक्र परियारको अध्यक्षतामा भएको समापन कार्यक्रममा वडा सदस्य चन्द्रावती बुढाथोकी,त्रीज माबी माल्नेटाका नि प्रअ तेज प्रसाद नेउपाने लगाएतले आफ्ना धारणा राख्नुभएकोथियो।