दाङ–सल्यान सडकखण्डमा सेनाको गाडी दुर्घटना हुँदा एकको मृत्यु, ६ घाईते
सल्यान– माघ २९ ।सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा नेपाली सेनाको गाडी भिरबाट खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य ६ जना घाइते छन् भने चारको अवस्था गम्भीर छ ।
सल्यान सिमखर्क ब्यारेकबाट बुटवल तर्फ जाँदै गरेको लु १ ग १२३ नम्वरको गाडी बुधबार दिउँसो दुर्घटनामा परेको हो । दाङ सल्यान सडक खण्डको चोरखोला स्थित सडकबाट छाँगामा गाडी खस्दा यादव प्रसाद धरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै जय प्रसाद वोहोरा, विशाल गुरुङ, विपिन श्रेष्ठ, मोहनलाल थापा, रोशन हिटन र ईश्वर सिलवाल घाइते रहेका छन् । घाईतेहरुलाई कपुरकोट गाउँपालिकाका जनप्रतिनिधी, स्थानीयवासी तथा प्रहरी र सेनाले छाँगाबाट उद्धार गरि उपचारको लागि जिल्ला वाहिर पठाईएको छ ।