दार्मामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ,

  ३० जेष्ठ २०७६, बिहीबार १३:२०

प्रकाश शर्मा

सल्यानको दार्मामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ भएको छ । “श्रम गरौं, रोजगार बनौं“ भन्ने मूल नाराकासाथ कामका लागि पारिश्रममा आधारित सामुदायिक आयोजना कार्यान्वयनको लागि यो कार्यक्रम शुरू भएकोे छ ।


कार्यक्रममा दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर के.सीले दार्मा गाउँपालिकाको समृद्घि अव दर्मालि जनताको काधमा आएको बताउदै अव स्थानिय स्तरमा संचालन हुने हरेक आयोजनाहरुमा गाउँपालिकाकै श्रम शक्ति प्रयोग हुने बताउनु भयो । प्रथम चरणमा ६ वटा वडाबाट ३० जनाका दरले १८० जनाले २९ लाखको छनौट गरिएका ६ वटा आयोजनामा काम गर्ने गाउपालिकाले जनाएको छ । उनिहरुलाई न्युनतम दैनिक पारिश्रमिक ५ यस ७५ रूपैयाँ पाउने छन् ।


बुधबार भएको शुभारम्भ कार्यक्रममा काममा जाने श्रमिकहरुलाई हेल्मेट, ज्याकेट, लगाएत आवश्यक औजारहरु, सुरक्षित सामाग्रीहरु वितरण गरिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website