दार्मामा हावाहुरीले क्षेती पु¥याएका परिवार र विद्यालयलाई राहात

  ३० जेष्ठ २०७६, बिहीबार १५:४४

प्रकाश शर्मा

दार्मा गाउँपालिकाका विभिन्न स्थानमा हावाहुरीले क्षेती पु¥याएका परिवार र विद्यालयलाई राहात वितरण गर्ने भएको छ । दार्मा गाउँपालिका विपद् ब्यवस्थापन समिति दार्माले राहात वितरण गर्ने भएको हो ।
दार्मा गाउपालिका वडा नं. ३ को देविका रोकायलाई १०,०००।, निमा कटुवाललाई १०,०००।–, सिता कामीलाई ५,०००।–, वडा नंं ६ का हरीलाल दमाईलाई १०,०००।, मुना कामीलाई १०,०००। वडा नंं ५ का इन्द्रा के.सी.लाई १०,०००।, बुद्घिमान खत्रीलाई १०,००। खिरम खड्कालाई १०,०००। जय बहादुर खत्रीलाई १०,०००।–, वडा नंं २ का भत्त बहादुर चन्दलाई १०,०००।, लिला के सीलाई १०,०००। मुगी कामीलाई ५,०००। कालीका आधारभुत विद्यालय दार्मा गाउपालिका वडा नंं ४ लाई १०,०००।, विश्यस्वर आधारभुत विद्यालय वडा नंं ५ त्रिवेणी लाई ५०,०००। जन कल्यान आधारभुत विद्यालय लाई १,००,०००। र त्रिवेणी स्वास्थ्य चौकी वडा नं. ४ लाई रु १,००,०००। दिने निर्णय गरेको छ ।

दार्मा गाउँपालिकाका अध्यक्ष एवम् दार्मा गाउँपालिका विपद् ब्यवस्थापन समितिका संयोजक निम बहादुर के सी को अध्यक्षतामा भएको छलफलमा दार्मा गाउपालिका विपद् ब्यवस्थापन समितिका सदस्य टिका शर्मा वली, सदस्य सचिव बसुन्धरा पुन, सदस्य इन्द्र बहादुर भण्डारी, प्रहरी सहायक निरीक्षक बल बहादुर भण्डारी, प्रशासन शाखा प्रमुख जित बहादुर वली, पत्रकार प्रकाश शर्मा लगाएको उपस्थिति रहेको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website