दार्मा गाउपालिकाको फारुला बजारमा म्याद नाघेका सामानहरु नष्ट ।
प्रकाश शर्मा
दार्मा गाउपालिका ३ फारुला बजारमा म्याद नाघेका सामानहरु नष्ट गरिएको छ । मंगलबार उपभोक्ता हित संरक्षण समिति दार्मा संयोजक बसुन्धरा गौतमको नेतृत्वको अनुगमन टोलिले किराना पसल होटल लगाएका ठाउँमा म्याद नाघेका सामानहरु भेटाएपछि नष्ट गरिएको हो ।
म्याद नाघेका घरेलु मदिरा, पेय पदार्थ, खाद्य बस्तु नष्ट गरेको हो । साथै टोलिले होटलमा सरसफाई नभएको, ब्यवसाय दर्ता नभएको, प्यान दर्ता नभएको पाइएकाले छिटो भन्दा छिटो मापदण्ड पुरा गरेर ब्यवसाय गर्न पनि अनुगमन टोलीले आग्रह गरेको छ । अनुगमन टोलिमा सहायक प्रशासन अधिकृत चिन्ता मणि रेग्मी, प्रहरी निरीक्षण ज्ञानेन्द्र बहादुर सिंङ, प्रहरी निरिक्षक जनक भण्डारी लगाएकाको उपस्थित रहेको थियो ।