धादिङमा जीप दुर्घटना ४ जनाको ज्यान गयो, १० घाइते
धादिङ ( गल्छी गाउँपालिका वडा नम्बर ६ बाझगाउँमा यात्रु बोकेको जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै ज्यान गएको छ भने १० जना घाइते भएका छन् । सिर्वानी गाउँबाट खचाखच यात्रु र तरकारी हालेर बैरैनी बजारतिर आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप कच्ची सडकबाट पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो ।
दुर्घटनामा ज्यान गुमाउनेमा गल्छी गाउँपालिका वडा नम्बर(४ का ३८ वर्षीय राजु रम्तेल, ३२ वर्षीय सेते मिजार, वडा नम्बर(६ की ३० वर्षीया
कान्छी भुजेल र २५ वर्षीया नानु तामाङ रहेका छन् । दुुर्घटनामा घाइते भएका १० जनालाई बैरेनी स्वाथ्यचौकीमा उपचारपछि थप उपचारका लागि काठमाण्डौ ट्रमा सेन्टरमा पठाइएको छ ।











