धुम्बाराहीमा नेपाल कम्युनिष्ट पार्टीको कार्यालय रहने, जनवर्गीय संगठन पेरिसडाँडामा

  ४ जेष्ठ २०७५, शुक्रबार १७:४५

हरेक पोष्ट​ संवाददाता

काठमाडौं- जेठ ४,

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यालय धुम्बाराहीमा रहने भ​एको छ ।

एक औपचारिक कार्यक्रम गरी पुष्पकमल दाहाललाई पार्टी कार्यालयमा स्वागत गर्ने तयारी भैरहेको नेताहरुले बताएका छन ।

पार्टीका दुबै जना अध्यक्षका लागि एउटै कार्यकक्ष रहने व्यबस्था गरिएको छ ।

यसअघि नै पार्टी केन्द्रीय कार्यालयमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालका लागि छुट्टाछुट्टै कार्यकक्षको व्यवस्थापन गरिएको गरिएको थियो ।

पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यलायमा नयाँ पार्टीका जनवर्गीय संगठनका कार्यालय रहने भएका छन्।

‘मोर्चा संगठन र जनसंगठन सबैको कामकार्बाही पेरिसडाँडाबाट सन्चालन गरिने छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website