नगरको केन्द्र भनिएको स्वास्थ्य चौकिमै छैन ल्याव सेवा
दुर्गा वि.सी.
सल्यानको बनगाड कुपिण्डे नगरपालीकामा विरामीका लागि सामान्य ल्याव सेवासँगै एक्सरे नहुदाँ स्थानीय मर्कामा परेका छन् । नगरको केन्द्र विन्दु सल्लीवजारमा सवै खाले सेवा सुविधायुक्त अस्पतालको खाँचो छ । समान्य सादा एक्सरे तथा ल्याव टेष्टको लागि मात्रै यहाँका स्थनीय सुर्खेतको मेहलकुना धाउनु पर्ने वाध्यता छ । प्रया नगरका वडाहरुमा रहेका स्वास्थ्य चौकिहरुले समान्य विरामीको उपचार र सल्लाहा वाहेक तत्तकाल अन्य औषधी गर्न सक्ने समेत अवस्था छैन् । जटिल विरामी चेकजाँच तथा रिफरको अन्य कुनै विकल्प नभएको स्वास्थ्य संस्थामा कार्यारत कर्मचारिहरुको भनाई छ ।
नगरको कैन्द्रमा सुविधायुक्त १५ सैयाको अस्पतालको आवश्यकता टड्कारो रहेको नगर स्वास्थ्य शाखा संयोजक वासुदेव पोख्रेलले वताउँनु भयो । नागरिकलाई सामान्य उपचारको लागि समेत वाहिर पठाउनु पर्ने हामी कहाँ वाध्यता छ । हामीसँग विशषज्ञ चिकित्सकसँगै चेकजाँचको लागि प्राविधीक टोलि र सर सामानको अभाव छ । विशषज्ञ डाक्टर सहित १५ सैयाको नगरको केन्द्रमा अस्पताको खाँचो रहेको पोख्रेलको भनाई छ । समान्य विरामी पर्दा यहाँका नागरिकलाई वाहिर पठाउनु पर्ने वाध्यता त छदैछ तर अर्को समस्या नगरमा पोष्टमार्टमको लागि समेत डाक्टरको नितान्त खाँचो छ । डाक्टर नहुदाँ विरामी वाहिर रिफरसँगै मृर्तकलाई समेत वाहिर पठाउनु पर्ने हामी कहाँ ठुलो विडम्वना छ । नगरमा राम्रो सुविधायुक्त अस्पतालसँगै स्वास्थ्य चौकि नभएका वडा २,४,६,८ र ११ नं. वडाहरुमा स्वास्थ्य चौकिको खाँचोे छ । उक्त वडाहरुमा स्वास्थ्य चौकि नहुदाँ नागरिकले सिटामोल समेत पाउन सकिरहेका छैनन् । समान्य ज्वोरो,पखाला र परार्मशको लागि समेत अर्को वडाको स्वास्थ्य संस्थामा धाउनु पर्ने समस्या छ । जनप्रतिनिधीको इच्छा शक्ती भएमा नगरमा सुविधायुक्त अस्पताल निर्माण कार्य अघि वढ्न सक्ने स्थानीय वताउँछन् । यहि नगरका मन्त्री,यहि नगरका संसद,यहि नगरका केन्द्र हलाउने नेतृत्व हुदाँहुदै समेत नागरिक समान्य उपचारको लागि वाहिर जानुपर्ने अवस्थाको रहेको छ । बनगाड कुपिण्डेका नागरिकले भरपर्दो स्वास्थ्य उपचार कहिले पाउने हुन सवैको चासो र चिन्ताको विषय वनेको छ । पहुँच वाला नेतृत्व हुदाँ समेत नगरमा एउटा समान्य अस्पताल नहुनु भनेको लज्जाको विषय वनेको छ । जिल्लाका अन्य क्षेत्रमा स्वास्थ्य चौकिहरुको स्तरवृद्धि भईरहँदा हाम्रो नगरका स्वास्थ्य संस्थाहरुको सेवा भने ह्रासउन्मुख अवस्थामा रहेको स्थानीयको दुखेसो छ ।