नगररपालीकामा स्तनपान कक्ष स्थापना, कार्यलयमा आउने महिला कर्मचारी र सेवाग्राहीलाई सजिलो हुने
सल्यानको शारदा नगरपालीकाले आफ्नो कार्यलयमा स्तपान कक्ष स्थापना गरेको छ । कार्यालयमा काम गर्ने सुत्केरी कर्मचारी तथा कामको सिलसिलामा नगरपालीका सम्म आउने सुत्केरीले आफ्नो शिशुलाई सहजरुपमा स्तनपान गराउन सकून् भन्ने उद्देश्यले स्तनपान कक्ष स्थापना गरिएको नगरपालीकाले जनाएको छ ।
नगरपालीकाको कार्यालयको एउटा कोठामा स्तनपान कक्ष स्थापना गरिएको नगरप्रमुख शुरेस अधिकारीले बताउनुभयो । आमाहरुले सार्बजनिका ठाउँमा लजाएर बच्चालाई स्तनपान नगराउदा कुपोषणको सिकार हुने भएकाले समयमै स्तनपान गराउन भन्ने उदेश्यले कार्यलयमा गोप्य स्तनपान कक्षको स्थापना गरेको उहाँले बताउनु भयो ।
कार्यलयमा स्तनपान कक्ष निर्माण सँगै अब साना बच्चा लिएर कार्यलयमा आउने महिला कर्मचारी र सेवाग्राही महिलालाई स्तनपान गराउन सजिलो हुने भएको छ ।