नगर शिक्षा अधिकारी चक्र रावतलाई स्वागत

  २६ बैशाख २०७६, बिहीबार १२:४३

दुर्गा वि।सी।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको नगर शिक्षा शाखामा सरुवा भई आउनु भएका चक्र रावतलाई आज स्वागत गरिएको छ । नगर शिक्षक महासंघ,नेपाल राष्ट्रिय शिक्षक संगठन,शिक्षक संघ र विद्याललयका प्रअहरुले स्वागत गरेका छन् । नगर शिक्षा शाखा देवस्थलमा भएको कार्यक्रममा शिक्षक महासंघ बनगाड कुपिण्डेका अध्यक्ष तथा नेपाल राष्ट्रिय शिक्षक संगठन कर्णालि प्रदेशका उपाध्यक्ष अकबर पुनको अध्यक्षतामा भएका कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष नारद घर्ति,शिक्षक संघका नगर अध्यक्ष सुरेन्द्र खड्का,महासंघका नगर सचिव शिवजंग शाह,त्रिभुवन जनता माविका प्रअ गुमान सिं विष्ट,प्रभाकर माविका प्रअ शिखर कुमार यरि,मुत्ती मावि हीलेका प्रअ नोखराज विएम लगाएतका विद्यालयका प्रअ तथा पेशागत संगठनका पदाधिकारीले नगर शिक्षा शाखा अधिकृत रावतलाई स्वागत गरेका छन् । यस नगरमा शिक्षा अधिकारि नहुदाँ शिक्षाका कामकाज ठप्प रहेका थिए भने अव अधुरा कामले प्राथामिकता पाउने जनाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website