नमुना युवा संसद तथा नेतृत्व विकास तालिम सम्पन्न

  १९ जेष्ठ २०७६, आईतवार ११:४२

दुर्गा वि.सी.

सुर्खेतको सिम्ता गाउँपालिकामा ३ दिने नमुना युवा संसद तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । सिम्ता गाउँपालिकाको आयोजनामा युवा परिषद सुर्खेतको समन्वय र शुसासन प्रबद्र्धनका लागि युवा सिम्ता सुर्खेतको सहकार्यमा तालिम सञ्चालन गरिएको थियो । सुर्खेत सिम्ता क्षेत्रका युवा युवतीहरुलाई क्षमता विकास,नेतृत्व विकास र शुसान प्रवद्र्धनका लागि ३ दिन सम्म प्रशिक्षीत गरिएको थियो । साथै युवा युवतीहरुलाई समुदायमा हुने विकृति विसँगीका विषयमा समेत सचेतीकरण गराएको छ ।

सामाजिक विकृती लगाएतका कुराहरुमा युवाहरुले डटेर समाना गर्न र सकारात्मक कुरा सिकाउन तालिम फलदाय भएको जनाएको छ । ३ दिन सम्म चलेको तालिमको सहजीकरण सिम्ता गाउँपालिकाका युवा अध्यक्ष कविन्द्र कुमार के.सी.प्रमुख प्रशासकिय अधिकृत जनक वहादुर हमाल,युवा परिषद सुर्खेतका अध्यक्ष टेकेन्द्र कुमार वस्नेत,गैसस महाँस सुर्खेतका अध्यक्ष घनश्याम के.सी,दिपेन्द्र वली,ललित भट्टराई, नेत्र महतरा र युवराज पुङ्गालिले गर्नु भएको थियो । नमुना युवा संसदको अभ्यास र नेतृत्वको विषमा तालिम केन्द्रीत रहेको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website