शारदा नगरपालिका द्वारा आफ्नो निति तथा कार्यक्रम पारीत

  १० असार २०७८, बिहीबार २१:३२

शारदा नगरपालिकाको नवौ साधारण सभाले आफ्नो नीति तथा कार्यक्रम सर्वसम्मतीले पारित गरेकोछ। नगर प्रमुख सुरेश अधिकारिले प्रस्तुत गर्नुभएको कार्यक्रम लाई सभाले सर्वसम्मतिले परित गरेको हो।

कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पुर्वाधार, निर्माण पर्यटन क्षेत्रको बिकाश र सामाजिक सुरक्षा लाई प्राथमिकता दिइएकोछ। खासगरी कोभिड १९ र जनस्वास्थ्यको क्षेत्रमा कामगर्ने, शिक्षा क्षेत्रको भौतिक बिकाश ,कृषिको सवलिकरण र पुर्वाधार निर्माण नीति तथा कार्यक्रममा समेटिएको नगरले जनाएकोछ।

बिहिवार बसेको साधारण सभाले कार्यक्रम सर्वसम्मतिले पास गरेपछी शुक्रबार सम्ममा बजेट ल्याउने लक्ष राखिएको प्रमुख प्रशासकिय अधिकृत शंकर पाठकले जानकारी बताउनु भयो।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website