नेपाली काग्रेस सल्यान द्वारा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान

  २० जेष्ठ २०७९, शुक्रबार २०:१८

नेपाली काग्रेस सल्यानले निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा प्रमाण पत्र प्रदान गरेको छ । स्थानिय निकायको निर्वाचनमा विजय हासिल गर्ने जनप्रतिनिधिलाई कर्णाली प्रदेशका सहमहामन्त्री एकराज डाँगीले सम्मान तथा प्रमाण पत्र पदान गर्नुभएको हो ।

सम्मान तथा प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै प्रदेश सह महामन्त्री डाँगीले नागरिकको सेवकका रूपमा काम गरेर उनीहरुको जीवन बदल्ने प्रयास गर्न आग्रह गर्नुभयो ।चुनावी घोषणा पत्रको आधारमा काम गरेर ‘घोषणा पत्रलाई संकल्पपत्रको रूपमा बुझेर जवाफदेही, पारदर्शी भएर काम गर्नु पर्ने उहाको भनाई रहेको थियो ।

नेपाली काङ्ग्रेस सल्यानका सभापति श्री केशबहादुर विष्टको सभापतित्व एवम नेपाली काङ्ग्रेस कर्णाली प्रदेशका सहमहामन्त्री श्री एकराज डागीको प्रमुख आथित्यमा संचालित कार्यक्रममा उप सभापति सन्तोष केसी, चक्र देवकोटा लगाएतकाको नेताहरुको उपस्तिति रहेको थियो भने क्रमको संचालन सचिव एकराज बुढाथोकीले गर्नुभएको थियो ।

स्थानिय निकाय निर्वाचनमा नेपाली काग्रेस सल्यानले शारदा नगरपालिकामा नगर प्रमुख दुई, नगर उपप्रमुख एक गाउँपालिका अध्यक्ष तिन, उपाध्यक्ष एक सहित ३१ वटा वडामा निर्वाचित हुदै सल्यान जिल्लामा पहिलो पाटिको रुपमा रहेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website