नि:शुल्क उच्च रक्तचाप सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न

  ४ जेष्ठ २०७५, शुक्रबार ०८:४४

“स्वस्थ जीवन का स्वास्थ्य शिक्षा “भन्ने मूल नारा लिएर स्थापना भएको कागेश्वरी स्वास्थ्य क्लब भद्रबास र कागेश्वरी मनोहरा नगरपालिका को संयुक्त आयोजना तथा शंकरापुर अस्पतालको प्राविधिक सहयोगमा जेष्ठ ३ गते कागेश्वरी मनोहरा नगरपालिका को कार्यालय परिसरमा विश्व उच्च रक्तचाप दिवसको अवसरमा एक दिने नि:शुल्क उच्च रक्तचाप सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविर मा उच्च रक्तचाप का एक सय भन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । कार्यक्रममा नगरपालिका उप प्रमुख बिन्दु पुडासैनी सिम्खडा, स्वास्थ्य शाखा प्रमुख लक्ष्मी कोइराला, महिला स्वास्थ्य स्वयंसेवक तथा स्वास्थ्य क्लब का अध्यक्ष विनोद ढकाल र सदस्य सुन्दर पोख्रेलको उपस्थिति रहेकोे थियोे ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website