निशुल्क पशु शिविरबाट ५ हजार वढि पशु चौपाएको चेकजाँच
दुर्गा वि.सी.
सल्यानको बनगाड कुपिण्डे नगरपालीका वडा ७ मैदुमा १ दिने पशु स्वास्थ्य शिवीर आयोजना गरिएको छ । बनगाड कुपिण्डे नगरपालीका पशु स्वास्थ्य शाखाको आयोजनामा नगरका प्रत्येक वडामा पशु स्वास्थ्य शिवीर सञ्चालन गरिएको छ । पहिलो दिनमा वडा ११ को ढोरपिपलमा ४ हजार ८ सय पशु चौपाएको स्वास्थ्य परिक्षण तथा चेकजाँच गरिएको थियो ।
बनगाड कुपिण्डे नगरपालीकाले कृषकहरुको सुविधालाई मध्यनजर गर्दे गाउँमै पुगेर पशु चौपाएको उपचार गर्ने जनाएको थियो । तेहि अनुरुप पशु चिकत्सक टोलि गाउँ गाउँ पुगेर पशु चौपाए चेकजाँच शिवीर सञ्चालन गरेको जनाएको छ । मैदुमा सञ्चालन भएको पशु चौपाए शिवीरमा बनगाड कुपिण्डे नगरपालिका प्रमुख गोविन्द कुमार पुनले चिकित्सकको सिफारिसमा बाख्रालाई औषधी खुवाएर पशु शिवीर उद्घाटन गर्नु भएको थियो ।
पशु चौपाएहरु विरामी परेपछि पशुचौपाए अस्पताल लिदाँ असजिलो हुने भएकोले पाएक पर्ने ठाउँमा शिवीर सञ्चालन गरेर उपचार गर्ने गरेको पशु चिकित्सक चेत वहादुर रोको भनाई छ ।किसानले उत्पादन गर्ने हरेक क्षेत्रमा नगर पालीकाले संरक्षण गर्ने दाईत्व भएकोले कृषि,पशु चौपाए र उत्पादनमुखी क्षेत्रमा नगरको विशेष जोड रहेको प्रशासकिय अधिकृत हरि वहादुर खत्रीको भनाई छ । नगरका १२ वटै वडाका पाएक पर्ने स्थानमा पशु शिविर सञ्चालन गर्ने जनाएको छ । गाउँ गाउँ पुगेर नगरको आर्थिक सहयोगमा निशुल्क पशु शिविर सञ्चालन हुदै आईरहेको छ ।