नेकपाका केन्द्रिय सदस्य असललाई थुनामुक्त नहुदै पुन प्रकाउ
सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि दाङ प्रहरीको हिरासतबाट छुटेका विप्लव समूहका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल लाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
एक महिना पहिले राम्रीबाट पक्राउ परेका असललाई जिल्ला प्रहरी कार्यालय दाङले प्रकाउ गरेको थियो ।
सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि मंगलबार थुना मुक्त भएपनि उनी बिरुद्ध अन्य मुद्धा सहितको पक्राउपूर्जी आएका कारण पक्राउ गरिएको र पक्राउ परेका उनलाई सुनसरी पु¥याइएको दाङका प्रहरीले जनाएको छ ।
दार्माकोट गाउँपालिका ५ सल्यान घर भएका खड्का सहित अन्य केही नेताहरुलाई प्रहरीले एक महिना अगाडी पक्राउ गरेको थियो ।