नेकपा सल्यान अध्यक्ष तथा सचिवद्वयलाई मन्त्री ज्वालाको वधाई कार्यक्रम
दुर्गा वि।सी।
सल्यानको पश्चिम क्षेत्र सल्लीवजारमा आज कर्णाली प्रदेशका अर्थ तथा योजना मन्त्री प्रकाश ज्वालले नेकपा सल्यानका जिल्लाका मनोनित अध्यक्ष तथा सचिवलाई वधाई दिनु भएको छ । विहानै सल्लीवजार पुग्नु भएका नेता ज्वालाले नेकपा सल्यान जिल्लाका अध्यक्ष तथा सचिव द्धयलाई वधाई दिनु भएको छ । सल्यान पश्चिमको सल्लीवजारमा नेकपा अध्यक्ष तथा सचिवलाई वधाईसँगै शुभकामना आदान प्रदान कार्यक्रममा नेकपाका अगुवा नेता तथा कार्यकर्ताहरुको वाक्लो उपस्थिती रहेको थियो । वधाईसँगै अर्थ मन्त्री ज्वालालाई विकास निर्माणका वारेमा कार्यकर्ताले चासो राखेका थिए । सवै भन्दा पहिले सल्लीवजार रुकुम चौहरजारि सडक खण्ड अलपत्रका वारेमा कुरा उठेको थियो । कार्यकर्ताको जवाफमा अर्थमन्त्रीले सल्लीवजार रुकुम चौहरजारि सडकको काम केहि कानुनी प्रावधानका कारण अघि वढ्न नसकेको स्वीकार गर्नु भयो । अव छिटै काम सुचारु हुने र १ वर्ष भित्र स्तरउन्नतीसँगै पिचको काम सकिने ठोकुवा गर्नु भएको छ । सडक डिभिजन कार्यलय दाङले ६ नंम्बर प्रदेशलाई सडक हस्तानतरण गरेको तर रकम नपठाउँदा समस्या भएको थियो अव छिटै काम सुरु हुने जनाउनु भएको छ । सडक,विधुत र अन्य विकासका सरोकारका विषयमा नेकपा सल्यानका अध्यक्ष तथा बनगाड कुपिण्डे नगर प्रमुख गोविन्द कुमार पुनले मन्त्रीको ध्यानकर्षण गराउनु भएको थियी । सल्लीवजार रुकुम चौहरजारि सडक र वालुवासँग्रहि खलंगाबाटो १ वर्ष भित्रमा पिच गर्ने मन्त्री ज्वालाले वचन दिनु भएको छ । विकासको लागि आफु आतुर रहेको र तर विभिन्न कार्यन्वयनको पाटोमा झन्झटीलो भएकोले विनीयोजित वजेट खर्च हुन नसकेकोमा च्निता व्यक्तm गर्नु भयो । तर अव सवै काम ४ वर्ष भित्र पुरा हुने दावि छ । नेकपा सल्यानका जिल्ला मनोनीत अध्यक्ष पुन र सचिव कर्ण वहादुर वुढालाई मिलेर अघि वढ्न अग्रह गरिएको छ । दुवै विचमा केहि तुष,आग्रह भए पनि एक किनारा लगाई पार्टि हाक्न हनुरोध समेत गरिएको छ । आपसि समmदारि र सहकार्यका साथ अघि वढ्न दुवैलाई मन्त्रीको जोड थियो ।