नेट जडानको जिम्मा लगेको टेकमाईन कम्पनीले समयमा काम नगर्दा वडा कार्यालयहरु इन्टरनेट विहीन

  १३ श्रावण २०७६, सोमबार १८:४७

दुर्गा वि.सी./श्रावाण,१३
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा नेट जडानको जिम्मा लगेको प्राईवेट कम्पनि टेकमाईनले समयमा काम नसक्दा वडा कार्यालयहरु इन्टरनेट विहीन भएका छन् । नगकाको कार्याल, १२ वटा वडाको वडा कार्यालय,सम्बन्धीत वडाको एक विद्यालय,स्वास्थ्य चौकिमा नेट जडानको लागि टेकमाईन कम्पनि र नेपाल सरकारको सुचना तथा प्रविधी मन्त्रालय विच २०७५ श्रावाण महिनामा १ वर्ष अघि सम्झौता भएको थियो । तर उक्त कम्पनिले हाल सम्म पनि केहि वडाहरुमा नेट जडानको काम नगरेका कारण वडा कार्यालयहरु इन्टरनेट विहीन वनेका छन् । वडाका कर्मचारिहरु सामान्य कामकाजको लागि टाढा टाढाबाट मेल तथा इन्टरनेटको काम गर्न सल्लीवजार धाउने गरेका छन् ।

नगरको कार्यालय र केहि वडामा फाईवर जडान मार्फत नेट जोडिए पनि राम्रोसँग सञ्चालनमा आउन सकिरहेको छैन् । अन्य वडा कार्यालयहरुमा फाईवर मार्फत नेट जोडिए पनि राउटरमा वत्ती पिलीक पिलीक गर्ने र काम नगरेको कर्मचारिहरुको दुखेसो छ । नेट जडान पछि ३ वर्ष फ्रि सञ्चालनको रकम समेत कम्पनिले लिने भएको छ । उक्त रकम नेपाल सरकारबाट लगे पनि १ वर्ष सम्म नेट जडान नगर्दै समय सकिएको छ । वाँकि २ वर्षको समय रहेता पनि कम्पनिले काममा ढिलाई गरिरहेको जनप्रतिनिधीहरुको दुखेसो छ । टेकमाईन नेटका वजार प्रतिनधि गणेश भण्डारिका अनुसार केहि आन्तरिक प्राविधीक कारणले काममा ढिलाई भएको जनाउनु भएको छ । वायरलेस सञ्चालन गरि नेट जडान भएको ठाउँ समेत नेटले काम गरेको छैन् । राउटर झुण्ड्यार टेकमाईनका कर्मचारि हिड्ने गरेका छन् । ग्राहकले जोडेको नेटमा केहि समस्या आउँदा समेत फोन नउठाउने र सेवा सुचारु गर्न तर्फ ध्यान नदिने जनगुनासो छ । फाईवर नपुग्ने वारलेसद्धारा सेवा दिने स्थान वडा २,४ र ५ मा नेट जडानको लागि सर्वे समेत नगरेको भेटिएको छ । इन्टरनेट जडानको जिम्मा पाएको टेकमाईन प्राविधीक कम्पनिले समयमा काम सम्पन्न नगर्दा वडा कार्यालयहरु इन्टरनेट विहीन भएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website