नेपाली कांग्रेस सल्यानको आरोप– ‘भ्रष्टाचारमा सरकार चुर्लुम्म डुब्यो’
दुई तिहाईको नेकपा नेतृत्वको कम्युनिष्ट सरकारको आलोचना गर्दै सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको सल्यान काँग्रेसले आरोप लगाएको छ । नेपाली काँगे्रस सल्यानले सरकार बिरोधी सभा तथा दोश्रो चरणको हिमाल–पहाड–तराईरमधेस जागरण कार्यक्रमको समापन कार्यक्रम अघि जनप्रर्दशन गरेको थियो ।
विरोध सभामा बोल्ने काँग्रेस नेताहरुले सरकारले राज्य आतंक मच्चाएको, दण्डहीनता मौलाएको, सरकारनै भ्रष्टाचारलाई संस्थागत गर्न उद्यत रहेको, किसानहरुको समस्या समाधानमा उदासीन रहेको, असंलग्न परराष्ट्र नीति विपरित चीनतर्फ रुझान राख्दै असंलग्न परराष्ट्र नीतिको धज्जी उडाएको, निर्मला पन्तको हत्यारालाई संरक्षण गरेको, चर्को कर बृद्धि गरी गरीब जनताका ढाड सेक्ने काम गरेको, गुण्डागर्दीलाई प्रसय दिएको लगाएतको आरोप लगाउदै नाराबाजी समेत गरेको थिए ।
जागरण अभियान तथा सरकारको बिरोध नाम दिइएको बिरोध सभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व स्वास्थ्य राज्य मन्त्रि खड्ग बस्यालले जनताको पक्षमा फेरिपनि शसक्त आन्दोलन गर्न तयार रहेको र सरकार भ्रष्टाचारको दलदलमा फसिसकेको आरोप लगाउनुभयो ।
कार्यक्रममा बोल्दै केन्द्रिय प्रतिनिधि सिता राना मगरल सरकारले मानव अधिकार सम्बन्धी, मिडिया काउन्सिल विद्येयक, गुठी विद्येयक जस्ता जन विरोधी तथा सत्ताकब्जा गर्नै अभिप्रायबाट ल्याएको भन्दै अधिनायकबादी सरकारको बिरोधमा सबै लाग्नुपर्ने जोडदिनु पर्ने बताउनु भयो ।
जागरण अभियान कार्यक्रममा नेपाली काग्रेस सल्यानका सभापती गणेश चन्दको अध्यक्षता तथा निम बहादुर वलीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा , डिल्ली राज रेग्मी, राजेन्द्र बहादुर शाह, विष्णु शर्मा, केश बहादुर विष्ट, गोरख के.सी. सन्तोष के.सी., सुरेश अधिकारी, सिता के.सी लगाएतले बोल्नुभयोको कार्यक्रममा प्रकाश भण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको संचालन चक्र देवकोटाले गर्नुभएको थियो ।