नेपाली काग्रेस सल्यानको जागरण अभियान जारी
नेपाली काग्रेस सल्यानले जिल्ला ब्यापी जागरण अभियानलाई निरन्तरता दिएको छ । पाटिको केन्द्रिय निर्णय बमोजिम संचालित अभियान जेठ ५ गते देखी कालीमाटी शुरु भई ७ गते कपुरकोट र ८ गते त्रिवेणीको लुहाममा ९ गते छत्रेश्वरी सम्पन्न भइसकेको छ ।
पाटि सुध्रिकरण , सहकार्य, कार्यक्रमको विधि र विधान बारे आम जनतालाई जानकारी गराउने उदेश्यले संचाललित जागरण अभियान कार्यक्रममा वर्तमान सरकारले गरेका निम्तयाएका राष्ट्रब्यापी विसंगति र जनविरोधि कार्यक्रममको भण्डाफोर गर्ने नेपाली काग्रेस सल्यानले जनएको छ ।
आपसी सद्भाव भावनात्मक एकता र सांगठनिक गतिशिलका लागि जागरण कार्यक्रम भन्ने नारा लिइ अगाडी बढेको अभियान ११ गते शिदकुमाख, १२ गते बागचौरको थारमारे, १३ गते दार्माको भल्चौररमा, १४ गते कुमाखको रागेचौरमा, १७ गते वनगाड कुपिण्डेको सल्लीबजारमा आयोजना हुने छ । २५ गते शारदा नगरपालिकाको खलंगामा सम्पन्न गर्ने गरि तय भएको अभियानमा केन्द्रिय प्रतिनिधि पुर्व राज्य मन्त्रि सुरेन्द्र हमाल आउनु भएको छ ।