नेपाली काग्रेस सल्यानद्घारा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

  २६ आश्विन २०७६, आईतवार १८:५४

नेपाली काग्रेस सल्यानले हिन्दु नेपालीहरुको महान् चाड विजया दशमी, शुभ दिपावली तथा छड पर्वको अवशसरमा पार्टी कार्यालय खलंगामा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।


नेपाली काग्रेस सल्यानका पार्टी सचिव प्रकाश भण्डारीको अध्यक्षता र सह सचिव सन्तोष शेन वलीको संचालनमा भएको कार्यक्रममा कोषाध्यक्ष जुद्घ बहादुर बुढाथोकी, क्षेत्र नं. ख का अध्यक्ष तथा छत्रेश्वरी गाउपालिकाका अध्यक्ष सन्तोष के सी, नेपाली काग्रेसका पुर्व केन्द्रिय सदस्य डिल्ली राज रेग्मी, शारदा नगरपालिका प्रमुख सुरेश अधिकारी, त्रिवेणी गाउपालिका उपाध्यक्ष करुणा खड्का, महा समिति सदस्य एकराज डांगी लगाएत नेता कार्यक्रताको उपस्थित रहेको थियो ।

नेपाली काग्रेसले देश ब्यापी आयोजना गर्ने कार्यक्रम अनुसार सल्यानमा पनि जलपान तथा शुभकामना आदान प्रदान कार्यक्रममा संचालन गरिएको पार्टी सचिव प्रकाश भण्डारीले जानकारी दिनुभयो ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website