नेपाली सेनामा २५० जना सेकेन्ड लेफ्टिनेन्टको जागिर खुल्यो
काठमाडौं – नेपाली सेनामा २५० जना अधिकृत क्याडेट ९सेकेन्ड लेफ्टिनेन्ट०को दरखास्त माग खुलेको छ। सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले रिक्त रहेका पदका लागि २५० जनाको माग गरेको हो।
विभागको माग अनुसाAर १३१ जना खुला पदका लागि दरखास्त मागएिको हो भने ७ जना सैनिक परिवारका छोराछोरीका लागि कोटा छुट्याइएको छ। त्यस्तै २२ जना महिला, ३६ आदिवासी जनजाती, ३१ मधेशी, १७ दलित र ६ पिछडिएको क्षेत्र गरी २५० जनाको माग गरेको हो। दरखास्त दिने मिति भदौ ४ गतेदेखि असोज २ गते सम्म दिन सकिने निर्देशनालयले जनाएको छ। र दोब्बर दस्तुर तिरेर भने असोज ९ गतेसम्म दिन सकिने छ।