नेपाल महिला संघ सल्यानको शुभकामना आदान प्रदान कार्यक्रम
नेपाल महिला संघ सल्यान क्षेत्र नं. ख को आयोजनामा विजय दशमी तथा शुभदिपवली २०७६ को शुभकामना आदान प्रदान कार्यक्रम त्रिवेणीको लुहाममा सम्मन्न भएको छ ।
हिन्दु नेपालीहरुको महान चाड विजय दशमी तथा शुभदिपावली तथा छड पर्वको अवसर पारी मंगलबार कार्यक्रमको आयोजना गरीएको हो ।
नेपाल महिला संघ सल्यान क्षेत्र ख की करुणा खड्काको अध्यक्षता एवम् नेपाली काग्रेस सल्यानका सभापती गनेश चन्द्रको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जनता प्रती उत्तरदायी पाटी नेपाली काग्रेसले जनताका पिर मर्का र चासोलाई सम्बोधन हुने गरी अघी वढे मुलुक समृद्घ हुने भन्दै जनता संग प्रत्यक्ष काम गर्न आम कार्यक्रतालाई आग्रह गरेका थिय ।
कार्यक्रममा नेपाली काग्रेसका पुर्व केन्द्रिय सदस्य डिल्लीराज रेग्मी, पुर्व जिल्ला विकास समितिका सभापती धुर्वराज पुरी, जिल्ला समन्वय समिति सल्यानका प्रमुख केश बहादुर विष्ट, महासमिति सदस्य टिकाराम रोका, महेन्द्र श्रेष्ठ, नेपाली काग्रेस सल्यानका सचिव प्रकाश भण्डारी, जिल्ला सदस्य शुशिला बस्नेत, शारदा नगरपालिका सल्यानका प्रमुख शुरेस अधिकारी, नेपाली काग्रेस सल्यानका क्षेत्र नं. ख का अध्यक्ष तथा क्षत्रेश्वरी गाउपालिकाका अध्यक्ष सन्तोष के सी लगाएतकाले आफ्नो मन्तब्य ब्यक्त गर्नुभएको थियो । सिता गिरीले संचालन गर्नुभएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेपाली काग्रेसमा प्रवेश गर्ने कार्याक्रतालई स्वागत गरीएको थियो ।