नेपाल राष्ट्रिय शिक्षक संगठन कर्णाली प्रदेशको दोस्रो वैठक सल्यानको कुपिण्डे तालमा

  ७ भाद्र २०७६, शनिबार १७:३७

दुर्गा वि.सी./भाद्र,७

सल्यानको बनगाड कुपिण्डेमा रहेको मिनी रारा कुपिण्डे तालमा नेपाल राष्ट्रिय शिक्षक संगठन कर्णाली प्रदेशको दोस्रो वैठक महत्वुर्ण संगठानीक निर्णय गर्दै सम्पन्न भएको छ । कर्णाली प्रदेशका पर्यटकिय क्षेत्रको प्रचार सँगै संगठनलाई एकतावद्ध र मजवृद्धिकरणका लागि नयाँ कामको थालनी गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन कर्णाली प्रदेशका उपाध्यक्ष अकवर पुनले जानकारि दिनु भएको छ ।

कर्णाली प्रदेशका प्रदेश पदाधिकारी,जिल्ला अध्यक्ष र आयोजक सल्यान जिल्लाका ५० वढि संगठनमा आवद्ध पदाधिकारीहरुको उपस्थिती रहेको थियो । कुपिण्डे ताल किनारको वैठकले १० भन्दा वढि महत्वपुर्ण निर्णय गरेको छ । विभाग गठन,जिल्लागत रिर्पोटिङ,पालीका तथा जिल्लाहरुमा प्रशिक्षण,भुगोल गत जिल्ला इन्चार्ज, आर्थिक रकम व्यवस्थापन,पदाधिकारीबाट सचिवालय गठन,कार्यालय व्यवस्थापन,कर्णाली प्रदेश स्तरिय जिल्ला मर्ज तथा पाएक पर्ने गरि प्रशिक्षण कार्याक्रम र पार्टिसँगको सम्वन्धका विषयमा निर्णय गरेको छ । त्यसै गरि विभिन्न विभागमा मनोनयन गर्ने क्रममा कर्णाली प्रदेशका नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव मोहन गौतम संगठन विभाग प्रमुख,प्रदेश उपाध्यक्ष अकवर पुनलाई स्कुलीङ विभाग,आर्थिक विभागमा ममता गीरी र महिला लगाएतका अन्य विभिागमा समेत वठैकले मनोनयन गरेको छ । प्रदेश सचिव मोहन गौतमले संगाठानीक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष ममता गीरीले गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष इला शर्मा,नन्दराम देवकोटा,नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्दीय सदस्य शिव प्रसाद अधिकारि,रिता वस्नेत,संगम के।सी,कर्णाली प्रदेश शिक्षक महासंघका अध्यक्ष देवेन्द्र अधिकारीले संगठनका विषयमा प्रशिक्षणात्मक मन्तव्य दिनु भएको थियो । कार्याक्रम जिल्लागत रिर्पोटिङ पछि पालीका तथा जिल्ला र प्रदेशमा पार्टिले असहयोग प्रवृत्ति देखाएको र अपमान हुने काम गरेको प्रति शिक्षक नेताहरुले रोष प्रकट गरेका थिए । यही प्रवृत्ति दोहरी रहने हो भन्ने पार्टिको भार्तिसंगठन भएर वस्नुको औचीत्य नहरेको शिक्षक नेताहरुको दुखेसो छ । कर्णाली प्रदेशका सम्पुर्ण स्थानीय तह,जिल्ला र प्रदेशमा राजनीतीक नेतृत्वको संगठनलाई हेर्ने दृष्टिमा व्यापक फेरवदल भएको जनाएका थिए । अवस्था यस्तै हुने हो भने पार्टिसँगको सम्वन्धका विषमा नेतृत्वलाई सोच्न अनुरोध समेत गरिएको छ । वैठकको व्यवस्थापन नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्या समिती सल्यान र बनगाड कुपिण्डे नगर स्तरिय संगठनले गरेको थियो । कर्णाली प्रदेशका नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष पुर्ण वहादुर डाँगीको अध्यक्षतामा वैठक वसेको थियो । नेपाल राष्ट्रिय शिक्षक संगठनको पहिलो वैठक मुगुको रारा तालमा भएको थियो दोस्रो वैठक सल्यानको मिनी रारा कुपिण्डे तालमा सम्पन्न भएको छ ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website