नेपाल विद्यार्थी संघ शारदा नगर कमिटिद्घारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रिलाई ज्ञापन पत्र
नेपाल विद्यार्थी संघ शारदा नगर कमिटि सल्यानले प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने मार्फत प्रधानमन्त्रिको सचिवालयलाई ज्ञापन पत्र बुझाएको छ । भारत सरकारले भर्खरै मात्र सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको माटो उस्को नक्सामा मिसिएको र भारतको उक्त कार्यले सम्पुर्ण नेपालीहरुको आत्मामा चोट पुगेको निश्कर्ष निकालेको शारदा नगर कमिटिले जनाएको छ ।
भारतले नेपालको सिमा अतिक्रमण गरेर सार्वभौमिक अखण्डता मा आँच आउने पु¥याउने कार्य गरेको हुँदा सरकारले यस्को समाधानको लागि कुटनितिक पहल नगरेकोमा खेत प्रक्रट गर्दै नेपाल सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गर्न अनुरोध गरेको छ।
ज्ञापन पत्र वुझाउने कार्यक्रम नेपाल विद्यार्थी संघ सल्यानका उपाध्यक्ष प्रेम नारयण वि क शारदा नगर कमिटि अध्यक्ष अभिषेक हमाल लगाएतको उपस्थित रहेको थियो ।