नेपाल विद्यार्थी संघ सल्यानद्घारा कागागारमा रहेका कैदि बन्दिहरुको निशुल्क रुपमा स्वास्थ्य परिक्षण

  २६ आश्विन २०७६, आईतवार १९:०८

नेपाल विद्यार्थी संघ सल्यानले सल्यान कारागारमा रहेका कैदि बन्दिहरुको निशुल्क रुपमा स्वास्थ्य परिक्षण शिविर संचालन गरेको छ । मेट्रो अस्पताल प्रा.ली. सल्यानको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो ।


कैदि बन्दिहरुको स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै विभिन्न किसिमका जटिल रोग लाग्न नदिन, नियमित चेक जाँचमा सघाउन, सामान्य रोगहरुको उपचार गर्न सहयोग पु¥याउने उदेश्यले शिविरको आयोजना गरिएको नेपाल विद्यार्थी संघ सल्यानका अध्यक्ष तथा नेपाली काग्रेस सल्यानका सचिव प्रकाश भण्डारीले जानकारी दिनुभयो ।


ब्लड सुगर र प्रेसर लगाएतका रोगहरुको परिक्षण निशुल्क रुपमा गरिने शारदा मेट्रो अस्पताल श्रीनगरका संचालक शमिर के सी ले जानकारी दिनुभयो ।
कैदि बन्दि मोहन थापाले शिवर संचालन भएर आफुहरु निकै खुसी भएको र विभिन्न किसिमका रोगहरुको नियमित चेक जाँच हुदा आफ्नो स्वास्थ्य लाई फाइदा पुग्ने बताउनुभयो । आज सम्म यस्तो किसिमको शिविर संचालन नभएको र यो शिविर संचालनले आफुहरु खुसी भएको एक महिला कैदि बन्दि बताउनु भयो ।
हाल ११२ जना कैदि बन्दि रहेको कारागारमा डा. मान बहादुर के.सी.को नेतृत्वको टोलिले ८० जनाको चेकजाँच गरिएको मा २४ जनालाई थप उपचारको आवश्यकता रहेको अस्पतालका संचालक शमिर के.सी.ले जानकारी दिनुभयो । कार्यक्रममा कारागार सल्यानका प्रमुख बल बहादुर के सी, नेपाल विद्यार्थी संघ सल्यानका पदाधिकारीहरु, पत्रकार लगाएतकोे सहभागिता रहेको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website