नेवार समाज श्रीनगरद्धारा इ.प्र.का.सितलपाटीका इन्चार्ज खड्कालाई सम्मान
भदौ ७, श्रीनगर सल्यान
नेवार समाज समिति शारदा नगरपालिका १ श्रीनगर सल्यानले इलाका प्रहरी कार्यलय शितलपाटी सल्यानका इन्चार्ज मिन बहादुर खड्कालाई सम्मान गरेको छ ।
हालै सम्पन्न गाईजात्राकोे अवसरमा शान्ती शुरक्षालाई ब्यवस्थित गराएको भन्दै प्रहरी नायव निरक्षक मिन बहादुर खड्कालाई नेवार समाज समिति श्रीनगरका अध्यक्ष नविन सिहं भडेलले कदर पत्र सहित सम्मान गर्नुभएको हो ।
समितिका सचिव विश्व नाथ सिंहले संचालन गरेको कार्यक्रममा प्रहरी नायव निरक्षक खड्काले शान्ती शुरक्षा कायम राख्ने आफ्नो दायित्व भएको बताउदै यस्ता किसिमका चाडपर्व लगाएत अन्य समयमा पनि शान्ती शुरक्षा कायम राख्न आफु तत्पर रहेको बताउनु भयो ।