ने.वि.संघ सल्यानको जिल्ला कार्यसमिति विस्तार ।
बैशाख ६, सल्यान । नेपाल विद्यार्थी संघ सल्यानले कार्य समितिलाई विस्तार गरेको छ । संघको स्थापना दिवसको अवसरमा जिल्ला कार्यसमिति विस्तार गरिएको हो । विस्तारित कार्यसमितिको अध्यक्षमा प्रकाश भण्डारी, उपाध्यक्षमा केशव भण्डारी, प्रेम नारायण वि.क., चन्द्र प्रकाश डि.सी., थमन योगी सचिव कोमल प्रसाद वली, सौरभ हमाल, प्रदिप बस्नेत कोषाध्यक्षमा सुवास रावत, प्रवत्ता मोहन वली लगाएको २१ जनाको कार्य समिति विस्तार गरेको छ । कार्यक्रममा नेपाली काग्रेस सल्यानका जिल्ला सभपति, उप सभापति, सचिव, सदस्य, शारदा नगरपालिकाको उप मेयर लगाएतकाले आफ्नो मन्तब्य राख्नु भएको ने.वि.सघ सल्यानका अध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनुभयो ।