पञ्चेबाजा र सोरठी सहित कपुरकोटमा प्रथम अध्यक्ष कपको उद्घाटन

  २३ जेष्ठ २०७६, बिहीबार २०:०३

सल्यानको कपुरकोटमा भलिवल, ब्याटमिन्टन र महिला दौड प्रतियोगिता विहिबारदेखि शुरु भएका छन् । प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तर्गत कपुरकोट गाउँपालिका, खेलकुद विकास समितीको आयोजनामा प्रतियोगिताहरु सुरु भएका हुन् ।

प्रतियोगिताको गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले उद्घाटन गरेका छन् । उद्घाटन अवसरमा स्थानियहरुलै मौलिक कला संस्कृतीहरु प्रस्तुत गरेका थिए । पञ्चेबाजा, सोरठी तथा लहरे नाच सहित प्रतियोगिताको उद्घाटन भएको हो ।
कार्यक्रममा अध्यक्ष सेनले खेल क्षेत्रको विकास र स्वस्थ तथा सभ्य समाज निर्माणका लागी गाउँपालिकाले बजेटको ब्यवस्था गरेर अध्यक्ष कप सञ्चालन गरेको बताए । जिल्ला तथा राष्ट्रिय स्तरमा राम्रो खेल प्रदर्शन गर्न सक्ने खेलाडी उत्पादनमा आफुहरु लागी परेको उनले जनाए । खेलकुद प्रतियोगितामा मौलिक संस्कृती देख्न पाउँदा खुसि लागेको जनाउँदै अध्यक्ष सेनले गाउँसमाजमा हुने विवाह, ब्रतबन्ध तथा हरेक कार्यक्रममा यस्ता कला संस्कृती प्रदर्शन गर्नुपर्ने बताए ।

प्रतियोगिता अन्तर्गत पुरुष भलिवलमा ६ वटा वडाबाट एक एक वटा समूह, ब्याडमिन्टनमा १२ वटा समूह तथा चार सय मिटर महिला दौडमा एक वडाबाट एक जना गरि ६ जनाले प्रतिष्पर्धा गर्दैछन् । भलिवलमा प्रथम, द्धितीय र तृतीय हुने समूहले क्रमशः ३० हजार, २० हजार र १० हजार हात पार्ने छन् । ब्याडमिन्टन प्रतियोगीतामा प्रथम समूहलाइ ८ हजार, द्धितीयलाइ ६ हजार र तृतीयलाइ ४ हजार प्रदान गरिने छ भने महिला दौडमा प्रथम, द्धितीय र तृतीय हुने खेलाडिलाइ क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । २५ गते प्रतियोगिता समापन गर्ने तयारि छ ।


कार्यक्रममा कपुरकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र कुमार सेन, सामुदायीक वन उपभोक्ता महासंघ कर्णालीका अध्यक्ष घनश्याम शर्मा, खेलकुद विकास समिती कर्णालीकका सदस्य टोपेन्द्र के सी, वडा नम्बर १ का वडा अध्यक्ष बालाराम खड्का, २ का अध्यक्ष मान बहादुर राना, ३ का अध्यक्ष मिन बहादुर सेन, ४ का अध्यक्ष हरिलाल पुन, नेपाल शिक्षक महासंघ सल्यानका अध्यक्ष मधुसुदन गिरी, महासंघकै कपुरकोट अध्यक्ष श्याम कुमार के सी, नेपाल राष्ट्रिय शिक्षक संगठन कपुरकोटका अध्यक्ष पदम खड्का, उद्योग वाणिज्य संघ सल्यानका सदस्य कमल घर्ती लगाएतले मन्तव्य राखेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website