परिक्षा केन्द्र सञ्चालनको लागि परिक्षा नियन्त्रण कार्यालयको टोलिद्धारा अनुगमण

  ५ भाद्र २०७६, बिहीबार १७:४०

दुर्गा वि।सी।
बनगाड क्याम्पस बनगाड सल्यान र सुर्खेत सिम्ता क्याम्पस सुर्खेतमा स्नातक परीक्षाको केन्द्र सञ्चालनका विषयमा परिक्षा नियन्त्रण कार्यालयको टोलिले दुवै क्याम्पसको अनुगमन गरेको छ । परिक्षा नियन्त्रण कार्र्यालय काठमाण्डौ र क्षेत्रिय परिक्षा नियन्त्रण कार्यालयको टोलिले संयुत्त रुपमा दुवै क्याम्पसको अनुगमण गरिएको छ । परिक्षा केन्द्र टाढा हुदाँ बनगाड क्षेत्रका उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरु मर्कामा परेका छन् । कति विवहाहित वुहारिहरुको भने पढ्ने इच्छा हुदै हुदै समेत परिक्षा दिन टाढा जानु पर्ने भएकाले वच्चासँग परिक्षा दिन ग्राहो हुने भएकोले पढन नसकेको जनाउने गरेका छन् । पढ्ने इच्छा र चाहान हुदाँ समेत कतिपय परिक्षा केन्द्र कुपाएक भएकै कारण भर्ना हुन नमानेको क्याम्पस प्रमुख गणेश चन्दले वताउँनु भएको छ ।

परिक्षा नियन्त्रण कार्यालय काठमाण्डौबाट अनुगमणको लागि क्याम्पस पुगेका सहायक परिक्षा नियन्त्रक विष्णु वाग्ले,पशुपति अधिकारि र क्षेत्रिय परिक्षा नियन्त्रक तिर्थराज अधिकारिसँग क्याम्पस व्यवस्थापन समिती,जनप्रतिनीधि र अभिभावक तथा सरोकारवाला निकायले विद्यार्थीको परिक्षा केन्द्र कुपायकका विषमा दुखेसो पोखेका थिए । पढ्ने इच्छा हुदाँ हुदै समेत वाध्यताले कतिले उच्चशिक्षा हासिल गर्न नसकेको जनाएको छ । बनगाड क्षेत्रबाट परिक्षा दिन विद्यार्थी सल्यान खलंगा जानुपर्ने वाध्यता छ । पैसा खर्चसँगै जाने आउने समस्याका कारण धेरै भर्ना हुना नचाहेको वुझिन्छ । पलस टु पास भए पछि विद्यार्थी माथिल्लो संकाय भर्ना नभई घरमै सर्टिफिकेट थन्काएर वसेको वडा अध्यक्ष पुरुषोतम आचार्यको भनाई छ ।

बनगाड क्याम्पस बनगाडका क्याम्पस सञ्चालन समितिका उपाध्यक्ष गणेश वि।सीले विद्यार्थीलाई परिक्षा दिने स्थान टाढा भएकोले पढाई खर्च भन्दा जानेवाउने आर्थिक भार र बाटोको भौगलिक विकटता,भनेको वेला यातायातको सुविधा जस्ता समस्या दर्शाउनु भएको थियो । धेरै विद्यार्थीको परिक्षा समेत छुट्ने गरेको उहाँको दुखेसो छ । भर्ना हुने परिक्षा सेन्टरकै कारणले परिक्षा दिन नजानेको गरेको देखिन्छ । तर अनुगमण टोलिले भने परिक्षा नयन्त्रण कार्यालयको मापदण्ड अनुसार सेन्टर दिन सकिने जनाएको छ । सेन्टर दिएकै कारण धेरै आर्थिक भार पर्ने भएकाले यस तर्फ सजग रहन क्याम्पस पदाधिकारि तथा सरोकारवाला निकायलाई परिक्षा केन्द्र सञ्चालनका लागि अनुगमणमा आएको टोलिले जानकारि गराएको छ । बन्गाड क्याम्पसको परिक्षा केन्द्र सल्यान खलंगा र सुर्खेत सिम्ता क्याम्पसको परिक्षा केन्द्र भने गुर्भाकोट नगरपालीका सुर्खेतमा सञ्चालन हुदै आएको छ । दुवै क्याम्पसको परिक्षा केन्द्र कुपाएक परेकोले परिक्षा केन्द्र पायक पर्ने स्थानमा राखिदिन माग भएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website