पानी भर्ना रातभर जागराम,मुहान सुके पछि सिंगो वजारको एउटै धारो

  २५ जेष्ठ २०७६, शनिबार २२:१६

दुर्गा वि.सी.
सल्यानको सल्लीवजारका स्थानीय खानेपानीको लागि रातभर जागरम वस्ने गरेका छन् । खानेपानीको मुहान सुकेपछि पानी भर्नको लागि वजारवासि रातभर पालो कुरेर पानी भर्ने गरेका छन् । सल्लीवजारमा वर्षेनी खानेपानीको समस्या टड्कारो रहेको छ । सल्लीवजार खानेपानी मर्मतको लागि परेको वजेटमा समेत ट्यांकि निर्माणको लागि जग्गा विवादले काम तिव्र गतीमा अघि वढ्न सकेको छैन् । सल्लीवजारमा सुख्खा यामसँगै मुहानमा पानी सुक्न थालेपछि स्थानीय पानी भर्नाकै लागि रातभर जागराम वस्ने गरेका छन् । सल्लीवजारको चरम खानेपानी समस्या प्रति सम्बन्धीत निकायहरुले खासै ध्यान नदिदाँ वजार वासिले निक्कै समस्या व्यहोरिरहेको स्थानीय व्यापारि गणेश वुढाको दुखेसो छ । सल्लीवजार स्थापना भए देखि हाल सम्म खानेपानीको उस्तै पीरलो रहेको वुढाको दुखेसो छ । खानेपानीका मुहानहरु परसस्त हुदाँ हुदै समेत जनप्रतिनीधीको ईच्छा शक्ति नभएकाले खानेपानीको विकारल समस्या रहेको वजारवासिको भनाई छ । हुनेखानेले ईनार खनेर पानी खाईरहेका छन् भने हुदाँ खानेलाई खानेपानीको समस्या भएको अर्का व्यापारि विजय नेपालीको दुखसो छ । कतिले भेरि नदिको पानी खाईरहेका छन् भने केहिले व्यक्तिगत ईनार खनेर पानी खाईरहेका छन् । तर यहाँका विपन्न नागरिकहरु खानेपानीको हाहाकारमा दिन गुजरा चलाई रहेका छन् । तेहि सुक्दै गरेको पानी भर्नाका लागि स्थानीयको दैनिक झगडा समेत हुने गरेको छ ।

खानेपानी निर्माणका नाममा तेहि भएको पानी समेत विग्रीए पछि एउटै धारमा वजारवासिले काम चलाएका छन् । सिंगो वजार वासिको एउटै धारो हुदाँँ पानी भर्नाका लागि रातभर जागराम र दैनिक झगडाको कलह उत्पन्न हुने गरेको छ । सल्लीवजार जस्तो नगरको केन्द्रमा खानेपानीको चरम समस्या छ भने अन्य वडा र गाउँहरुको अवस्था त झन भयावह छ । खानेपानीको लागि अधिकांस गाउँ वस्तीका मुहानहरु सकि सकेका छन् । मुहान नहुदाँ खानेपानी आफुर्ती गर्न कठिनाई रहेको जनप्रतिनीधीहरुको भनाई छ । तर सल्लीवजारमा लिफ्ट खानेपानी देखि अन्य वैकल्पीक थुप्रै उपाय हुदाँ समेत यस वजारको वर्षेनी समस्या समाधान हुन नसकेको स्थानीले वताउने गरेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website