पुरस्कृत निजामति कर्मचारीलाई युवाहरुको सम्मान ।

  २४ भाद्र २०७७, बुधबार १३:२५

निजामति सेवा दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय सल्यानका कार्यालय सहयोगि गेदलाल खत्री पुरस्कृत हुन भएको छ ।


नेपाल सरकार बाट देश भरीका ३० जना पुरस्कृत कर्मचारी कर्मचारी मध्ये सल्यान जिल्ला गेदलाल खत्री पुरस्कृत हुनु भएको हो । २०५० सालदेखी जिल्ला प्रशासन कार्यालयमा कार्यलय सहयोगिको रुपमा कार्यरत खत्रीले २७ वर्ष सम्म जिल्ला वासी सेवामा खटिनु भएको थियो ।
सेवाग्राही संग मिजासिलो ब्यवहारका साथ प्रस्तुत हुने खत्रीलाई सल्यानका युवाहरुले समेत सम्मान गरेका छन् ।

सोमबार नयाँ प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ संग भेटघाटको लागि गएको प्रकाश भण्डारीको नेतृत्वको टोलीले खत्रीलाई भेटी सम्मान गरेको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website