प्रथम मेयर कप प्रतियोगिता भव्यरुपमा सम्पन्न ः नगरवासि भने खुसी
दुर्गा वि.सी.
सल्यानको पश्चिम क्षेत्रमा रहेको बनगाड कुपिण्डेमा सञ्चालित प्रथम मेयर कप भलिवल प्रतियोगिताको पुरुष तर्फ ११ नम्बर वडा र महिला तर्फ १ नम्बर वडा प्रथम भएका छन् । ३ दिन सञ्चान भएको प्रथम मेयर कप भलिभल प्रतियोगिमा १ देखि १२ नम्बर वडाका पुरुष तर्फ १२ वटा टिम र महिला तर्फ ९ वटा टिम सहभागि भएका थिए । त्यसै गरि भलिवलमा पुरुष तर्फ ५ नम्बर वडा दोस्रो भएको छ । तेस्रोमा भने १ नम्बर भएको छ । महिला तर्फ भने दोस्रो ११ नम्बर वडा र तेस्रो ५ नम्बर वडाले भलिवल खेल जितेका छन् । त्यसै गरि पुरुष तर्फ उत्कृष्ट खेलाडिको रुपमा उमेश वि.क. र महिला तर्फ यशुदा शाहीलाई घोषित गरिएको छ । कार्यक्रमको समापन सत्र मा वोल्दै प्रथम मेयर कपका प्रमुख अतिथी तथा नगर प्रमुख गोविन्द कुमारले पुनले खेल क्षेत्र आफ्नो प्रमुख प्राथामिकतामा परेको जनाउनु भएको छ । खेलाडिहरुलाई नगरपालिकाले व्यवास्था गरेको भन्ने हल्ला मिथ्या भएको जनाउनु भयो । प्रथम मेयर कपमा खेलाडिहरुको खानपान,पोषक र प्रतियोगि खेलाडिहरुलाई ५० हजार बरावरको नगद पुरस्कार,प्रमाण पत्र,मेयर कप वितरण गरिएको छ । महिला र पुरुषलाई समान पुरसकार दिएर नगरले अर्को राम्रो काम गरेको जनाएको छ । नगर प्रमुख पुनले सल्यान जिल्लामा रहेको केहि मिडिया तथा अनलाईनले नगरको राम्रो पाटोलाई भन्दा नकारात्मक कुरालाई वढि उचालेको जनाउनु भयो ।
नगरमा विकास निर्माण देखि सवै वडाहरुमा १ वर्ष भित्र सडक सञ्जालमा जोडिएको दावि गर्नु भयो । अव छिटै स्तरवृद्धिको काममा जुटेको समेत जानाउनु भयो । आफ्नो नगरका राम्रा कुरामा सञ्चार माध्यम तथा समाजिक सञ्जालले देख्ने नगरेको र खाली नकारात्मक कुरामा मात्रै ध्यान दिने गरेको दुखेसो व्यक्त गर्नु भएको छ । खेल क्षेत्र देखि कला संस्कृतीको जर्गेनामा समेत नगर जुटेको छ । आफ्ना भाषा,भेष भुषा जाती,रहन सहन कला संस्कार सवैको आत्मा साथ गर्दै अघि वढेको ठोकुवा गर्नु भयो । मेयर कपमा विभिन्न कला संस्कृती प्रस्तुत गर्ने १२ वटै वडाका झाँकि तथा नृत्यहरुलाई जनही १५ हजार दिएको छ । साथै नगरको मुख्य अकर्षक केन्द्र पर्यटकिय क्षेत्र कुपिण्डे दहलाई केहि मिडिया हाउस र प्रोजेक्टरले विकास र संरक्षणको नाममा करडौ भष्ट्रचार गर्दा समेत त्यस तर्फ सल्यानका सञ्चार माध्यम मुखदर्शक वनेको वताउनु भयो । मेयर कपको समापन कार्यक्रम वोल्दै नगर प्रमुखले सवै बनगाड कुपिण्डे नगरवासिलाई सकरात्मक सोच्न आह्वान गर्नु भएको छ । नगरको तर्फबाट केहि गल्ती भए नगर प्रमुख,उप प्रमुख र जनप्रतिनीधी तथा नगर कार्यालयमा पुगेर जनगुनासो गर्न समेत आफ्ना नगरवासिलाई अनुरोध गर्नु भएको छ । केहि कमीकमजोरि भए सच्यार अघि वढ्ने समेत वताएको छ । कार्यक्रममा १ नम्बर वडा अध्यक्ष शान्त कुमार यरी,वडा ४ का अध्यक्ष मोमत रोका,वडा ५ का वडा अध्यक्ष कमल वि.क.,११ र १२ का वडा अध्यक्ष विरवहादुर वुढा,गोविन्द डाँगी,प्रमुख प्रशासकिय अधिकृत हरिवहादुर खत्री,उप प्रमुख मञ्जु यरीले विजय खेलाडिलाई पुरस्कार वितरण गर्नु भएको थियो ।