प्रधानमन्त्रीले सम्बाेधन गर्न खोज्दा कांग्रेसद्वारा संसदमा अवरोध
काठमाडौं प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेपछि बुधबार सम्मको लागि स्थगित भएको छ। संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्न रोस्टममा उभिएपछि कांग्रेस सांसदहरुले नारावाजी गर्दै बैठक अवरुद्ध गरेका थिए।
सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई प्रधानमन्त्री ज्यूको कुरा सुनौ। शान्त हुनुस् भने पनि कांग्रेस सांसदले विरोध जनाइ रहे। रोस्टममा पुगेका प्रधानमन्त्रीले सम्बोधन गर्ने अवस्था नभएपछि सभामुख महराले बुधबार सम्मको लागि बैठक स्थगित भएको घोषणा गरे।
संसदको कार्यसूची अनुसार प्रधानमन्त्रीको सम्बोधन शुरूमै तय भएको थियो। तर कांग्रेसले आफ्नो दलको नेताले शुरूमै बोल्न पाउनुपर्ने माग गरेको थियो।