प्रधानमन्त्री बोलेपछि संसदमा कांग्रेसको अवरोध, भयो यस्तो हंगामा

  २४ बैशाख २०७६, मंगलवार १६:३८

खबरटक

२४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि प्रमुख विपक्षी दल कांग्रेसका सांसदहरुले संसद अवरोध गरेका छन् ।

जवाफ दिन रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले ‘आक्रोश, कुन्ठा र निम्छरा अभिव्यक्तिहरुको वास्ता नगरेर प्रश्नहरुको जवाफ प्रस्तुत गर्छु’ भन्दै सम्बोधन सुरु गरे । लगत्तै कांग्रेस सांसद मीन विश्वकर्माले नियमापत्ति जनाए ।

सभामुखले ध्यानाकर्षण भएको बताए तर, रोष्टममा उभिएका प्रधानमन्त्री ओलीले ‘प्रश्नको सीमा र मर्यादा हुन्छ’ भन्ने जवाफ दिए ।

त्यसपछि कांग्रेस सांसद र प्रधानमन्त्री ओलीबीच जुहारी चल्यो । रोष्ट्रमबाट प्रधानमन्त्रीले भने, रेकर्ड खोलेर सुनियोस् ।’ जवाफमा कांग्रेस सांसदहरुले चुनौती दिए । प्रधानमन्त्रीले प्रश्नको जवाफ चाहिएको छ कि छैन भन्ने प्रश्न गरे ।

प्रधानमन्त्री र विपक्षी सांसदहरुबचि जुहारी चलिरहँदा सभामुख भने निरिह देखिए । उनले न त विपक्षी सांसदहरुलाई चित्त बुझाउन सके न प्रधानमन्त्रीलाई रोक्न सके ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website