प्रधानमन्त्री मोदीको घोषणा, जनकपुर र आसपासका क्षेत्र विकासको लागी १०० करोड भारतले दिने
काठमाण्डौ- २८ बैशाख,
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा पाएको स्वागतका लागि आभार प्रकट गरेका छन् ।
मोदीलाई जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए । लगतै उनले जानकी मन्दिरमा पूजाअर्चना गरे ।
मोदीले जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १०० करोड सहायता दिने घोषणा पनि गरेका छन् ।
शुक्रबार जनकपुरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मोदीले सहयोग घोषणा गरेका हुन् । उनका अनुसार प्रदेश सरकार र केन्द्र सरकारले समन्वय गरेर परियोजना छनोट गर्ने बताए ।
साथै जनकपुर अब रामायण सर्किटमा समावेश भएको छ । मोदीले सम्बोदनका क्रममा गौतम बुद्धको जन्मस्थल नेपाल बिना भारतका राम अनि काम पनि अधुरा रहने बताएका थिए ।
अभिनन्दनका क्रममा जनकपुर उपमहानगरपालिकाले प्रधानमन्त्रि मोदीलाई उपमहानगरपालिकाको साचो पनि हस्तान्तरण गरेको छ ।
आजै मोदीलाई काठ्माण्डौको सैनिक मन्चमा गार्डर अफ अनरको सम्मान गरिने छ ।
- 2Shares