प्रयाप्त वर्षा नहुदाँ वर्षेबालीलाई असर

  २५ श्रावण २०७६, शनिबार २०:१६

दुर्गा विसी

श्रावाण,२३
सल्यानको पश्चिम क्षेत्रमा लामो खडेरीसँगै वर्षेवाली सुख्खा पर्न थालेको छ ।

बनगाड खोला र माझकाँडा खोलामा सिंचित धान खेतीमासमेत पानी नहुदाँ सिचाईको लागि समस्या पर्न थालेको हो । अधिकांश खेतहरुमा धान रोपाई सकिएको समयमा पानी नपर्दा सुख्खा हुनथालेको छ । वर्षामा पानी नपर्दा ३९ प्रतिशत पाखेवारीमा लगाएको धान, मकै, कोदो तथा अन्य वर्षेवालिमा असर परेको छ । बाँकी ४३ प्रतिशत सिंचीत धान खेतीलाई असर पारेको बनगाड कुपिण्डे नगरपालीका कृषि शाखा सहायक प्रमुख कल्पना धमालाले जानकारि दिनुभएको छ ।

धानरोपेर ढुक्कले बसेका किसान यतीवेला सिचाईको लागि प्रसस्त पानी नहुदाँ समस्यामा परेको धमालाको भनाई छ । पानी नपर्दा धानमा रोग लाग्ने र सुख्खाका कारण उत्पादनमा गिरावट आउने उहाँको भनाई छ । प्रयाप्त पानी नहुदाँ बन्गाड खोला पुच्छारतिरका भुभागको खेतीयोग्य जमिनमा धानरोप्न अझै वाँकी नै छ । केहिले धान रोपेदेखि पानी सिचाई गर्न नपाएको दुखेसो पोखेका छन् । खोलामा पानी सुक्दै जादाँ किसानहरु धानखेतीमा पानी हाल्न रातभर जागाराम हुन थालेका छन् । श्रावाणको पहिलो हप्ता देखि यो क्षेत्रमा राम्रोसँग पानी पर्न सकेको छैन् ।

पाखावारीमा लगाएको मकै फुल्ने समयमा सुक्दैजान थालेको छ । प्रयाप्त वर्षा नहुदाँ वर्षेवालीको उत्पादनमा समस्या आउने कृषि विज्ञहरुको भनाई छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website