प्रेममा असफल भएपछि घाँटी रेटेर हत्या

  ३ चैत्र २०७७, मंगलवार १८:२५

पदम गिरी
सल्यान, ३ चैत । प्रेममा असफल भएपछि मान्छेले कति सम्म गर्न सक्दो रहेछ भन्ने सल्यानमा घटेको घटनाले पुष्टि गरेको छ । गत बर्ष फगुन २ गते परेको प्रणय दिवसकै दिन त्रिवेणी गाउँपालिका १ काभ्राकी १६ बर्षिया कविता बोहोराको असफल प्रेमकै कारण हत्या गरिएको कुरा पुष्टि भएपछि रहस्य खुलेको हो ।


कविताको हत्या भएको एक बर्ष एक महिना पछि प्रहरीले हत्यामा संलग्न १६ बर्षिय एक बालकलाई पक्राउ गर्न सफल भएको हो । प्रहरीको लामो अनुसन्धान पछि घटनामा संलग्न बालकलाई जिल्ला अदालत सल्यानको निर्णय बमोजिम पुर्पक्षका लागि नेपालगञ्ज सुधार गृहमा पठाएको हो । मंगलबार जिल्ला प्रहरी कार्यालय सल्यानमा आयोजित पत्रकार सम्मेलनामा प्रहरीले लामो अनुसन्धान पछि सफलता हात पारेको जनाएको छ ।
कवितालाई आफुले प्रेम गर्ने तर कविताले प्रेम नगरी अर्को व्यक्तिसंग प्रेम सम्वन्धमा रहेको थाहापाएपछि हत्या सम्मको योजना बनाएको कुरा अभियुक्तले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक गोविन्द थापाले जानकारी दिनुभयो । “अभियुक्तले कवितालाई १३ बर्षको उमेर देखि नै विवाह गरौ भन्ने गरेको रहेछ र कविताले उसलाई कुनै वास्ता गरेरपछि मेरो नहुने भए अरुको हुन दिन्न भन्ने मनसायले हत्या गरेको रहेछ । ” थापाले भन्नुभयो ।
प्रहरीले अनुसन्धानका क्रममा २ दर्जन वढि व्यक्तिहरुलाई अनुसन्धानका लागि ल्याएको र निकै सुक्ष्म अनुसन्धान पछि प्रहरी हत्यारा सामु पुगेको प्रहरीको भनाई छ ।
यसरी भएको थियो घटना ः– त्रिवेणी गाउँपालिका १ जनता मावि काभ्रामा पढ्ने र नाताले कविताको दिदिको छोरा पर्ने अभिुक्तले कविता १३ बर्षको उमेर देखि नै मन पराउने र विवाहको प्रस्ताव राख्दै आएका थिए । कविताले विवाहको प्रस्ताव गरेको कुरा आफनो आमालई समेत भनेकी थिइन तर बावु आमाले छोरीको उमेर नपुगेकोले पढ्ने कुरा गरेपछि कविताले त्यसलाई वेवास्ता गर्दै आएकी थिइन । घर समेत नजिकै भएकोले पनि विद्यालय आउदा जाँदा संगै हुने भएपनि कविताले कुनै प्रतिक्रिया दिएकी थिइनन ।
अभियुक्तले कवितालाई विद्यालय आउदा जाँदा समेत प्रेम प्रस्तावहरु राख्ने गर्ने गरेको तथा प्रेम पत्रहरु झोलामा राख्दिने गर्दै आएपनि कविताले कुनै प्रतिक्रिया नदिने भइरहेको थियो । कविताले कुनै पनि प्रतिक्रिया नदिएपछि आवेसमा आएका बालकले २०७६ सालको फागुन २ गते परेको प्रणय दिवसको दिन प्रेम स्वकिार गर्न सक्ने झिनो आशा लिएर प्रस्ताव गरेको तर कविताले कुनै प्रतिक्रिया नदिएपछि त्यसै दिन राती कविताको हत्या गर्ने योजना बनाएको अभियुक्तले प्रहरी तथा जिल्ला अदालत सल्यानमा स्वकिार गरेका छन् ।
कविताको कोठामा टेलीफोनको नेटवर्कले राम्रोसंग काम नगर्ने र नजिकै बुवा आमा सुत्ने भएकोले पनि फोन गर्नका लागि उनि घर बाहिर आउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । बाहिर आएको समयमा अभियुक्तले कपाल समातेर धारिलो हतियार प्रयोग गरी टाउको तथा घाँटी रेटेर भकारोमा हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाई छ ।
अभिुक्तले कवितालाइ फकाउन निकै महनेत गरेको तर कविताले कुनै पनि महत्व नदिएपछि हत्याको योजना बनाएको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो । “ अभियुक्तले आफनो नहुने भए अरुको पनि हुन दिन्न भनेर नै हत्या गरेको र प्रहरीले पक्राउ गरेपछि के के भन्ने भनेर डायरीमा टिपेर राखेको डायरी प्रहरीले बरामद गरेको छ ।”
प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुर तथा सिआइवीको टोली समेत परिचालन गरेको थियो । तर हत्याराले घटनास्थलमा कुनै पनि प्रमाण नछोडेको तथा शवमा अन्य व्यक्तिहरुले छोएकोले कुकुर अलमलमा परेको प्रहरीको भनाई छ तर कुकुरले आउने बेला र जानेबेला देखाएको बाटो प्रयोग गरेको अभियुक्तले स्वीकार गरेको प्रहरीको भनाई छ ।
यसैवीच कविताका बुवाले खडक बहादुर बोहोराले आफुहरुले कल्पनानै नगरेको व्यक्ती घटनामा संलग्न भएको बताउनुभयो । “घरबाट तीन मिनेटको दुरीमा घर थियो उसले प्रेम प्रस्ताव राखेको तर हत्या गर्ला भनेर सोचेका थिएनौ, छोरीले अर्कै केटासंग फोन गरेको थाहा पाएपछि उसले हत्या गर्ने योजना बनाएको रहेछ ।” आफनो दुइवटा छोरी मात्रै रहेको र सम्पत्तीमा समेत आँखा लगाएकोले प्रेम गर्न खोजेको र असफल भएपछि हत्या गरेको आफनो अगाडी स्वीकार गरेको बोहोराले जानकारी दिनुभयो ।
प्रहरीले लामो समय लगाएर सफलता हात पारेको भएपनि उसलाई आजिवन कारावासको सजाय दिएमात्रै छोरीको आत्माले शान्ति पाउने उनले बताए ।“मेरो छोरीलाई हत्या गर्नुपर्ने कुनै कारण थिएन यस्ता अपराधीलाई सजाय कम भयो भने भोली अरु पनि घटना घटाउन सक्छन् मेरो माग भनेकै उसलाई आजिवन कारावासको सजाय होस भन्ने हो ।”
प्रहरीले अनुसन्धानका लागि सवै विकल्पहरु प्रयोग गरेको र सफल अनुसन्धान गरी दोषी पत्ता लगाएको भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानमा कार्यरत प्रहरी निरीक्षक लक्ष्मण वलीलाई सम्मान गरिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website