फुटवल खेल प्रतीयोगितामा सुर्खेत राकम विजयी

  ९ भाद्र २०७६, सोमबार २०:११

दुर्गा वि.सी./भाद्र,९

हिन्दूहरुको पावन पर्व श्रीकृष्ण जन्माष्टमीको अवसर पारी सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं। १, सल्लीबजारको जनकल्याण युवा क्लबले आयोजना गरेको फुटबल प्रतियोगितामा सिम्ता गाउँपालिका, राकम, सुर्खेतको टिम विजयी भएको छ ।

भाद्र ६ गते सुरु भएको प्रतियोगिताको आज खेलिएको फाइनल खेलमा आयोजक जन कल्याण युवा क्लब, सल्लीबजारको टिम ‘ए’ लाई पेनाल्टी सुटआउटमा ४—३ गोल अन्तरले हराउँदै राकमको टिमले उपाधिसहित ट्रफी र रु। पचास हजार र प्रमाण पत्र हात पा¥यो । निर्धारित समयको खेल १—१ को बराबरीमा सकिएपछि पेनाल्टीमार्फत् विजेताको टुङ्गो लागेको थियो । पेनाल्टीमा राकमको टिमका पाँचमध्ये चार खेलाडीले गोल गरेका थिए भने आयोजक टिमका तीन खेलाडीको प्रहारले मात्र जाली चुमेको थियो ।

राकमका एक खेलाडीको प्रहार आयोजकका गोल किपरले रोक्दा आयोजकका दुई वटा प्रहारलाई राकमका गोल किपरले विफल पारेका थिए । खेलको १५ मिनेटभित्र क्रिस थापाको गोलमार्फत् अग्रता लिएको आयोजक अन्तिम ३ मिनेट सम्हालिन नसक्दा उपविजेतामा सिमित हुन पुग्यो । उपविजेता आयोजक टिमले रु। तीस हजार नगद तथा प्रमाण पत्र हात पा¥यो । निर्धारित समयको अन्तिम ३ मिनेट बाँकी रहँदा आयोजकका खेलाडीहरुको सुस्तताको फाईदा उठाउँदै राकमका हिक्मत खत्रीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । प्रतियोगिताका उत्कृष्ट खेलाडी आयोजकका सुदिप गुरुङ घोषित हुँदा उत्कृष्ट गोल पनि आयोजककै विजय सिं ठकुरीको नाममा रह्यो ।

प्रतियोगिताका खेलाडीलाई प्रमुख अतिथि वनगाड कुपिण्डे नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्री, वडा नं। १ का वडा अध्यक्ष शान्त कुमार यरी र आयोजक बाल कल्याण युवा क्लबका अध्यक्ष सन्देश यरीले पुरस्कार वितरण गर्नुभएको थियो । सल्यान जिल्लाका स्थानीय क्लबहरुका साथै सुर्खेत र बर्दिया जिल्लाका क्लबहरुको सहभागिता रहेको प्रतियोगितामा अधिकांश क्लबहरुले बाँके जिल्ला र सुदुरपश्चिम प्रदेशसम्मका खेलाडीहरु सहभागी गराएका थिए ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website