बंगलाचुली गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

  २६ श्रावण २०७६, आईतवार १२:५३

दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने सरकारी गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । गाउँपालिका अध्यक्ष भक्तबहादुर वली चढ्ने रा १ झ १५२ नम्बरको गाडीमा आगजनी भएको हो ।

गाउँपालिकाको वडा नम्बर ५ को कार्यालय परिसरमा पार्किङ गरेर राखेको गाडीमा शनिबार मध्यराति आगजनी भएको र आगोमा जलेर गाडी पूर्णरुपमा क्षति भएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । आगो कसले र किन लगाएको हो भन्ने खुल्न सकेको छैन।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website