बनगाड कुपिण्डेमा सार्वजनिक सुनुवाई, जनतासँग जनप्रतिनीधिको सवाल जवाफ
दुर्गा वि.सी.
सल्यानको बनगाड कुपिण्डे नगरपालीमा आज सार्वजनिक सुनुवाई कार्यक्रम भए छ । नगरको समग्र विकासका सवालमा नगरवासिले खुलेर नगर प्रमुखसँग सवाल जवाफ मागेका थिए । शिक्षा,स्वास्थ्य,कृषि,भौतिक पुर्वाधार,खानेपानी,विद्युतीकरणमा नगरवासिले चासोका साथ प्रश्न सोधेका थिए । नगरको प्रशासनिक क्षेत्र,न्यायीक क्षेत्र र विषयगत शाखाहरुका विषयको कामकाजमा नागरिले पाएको अुसविधा र सेवाका वारेमा पनि चुश्तता हुन सुझाएका छन् । प्रशासन क्षेत्रको वारेमा प्रमुख प्रशासकिय अधिकृत हरि वहादुर खत्रीले जवाफ दिनु भएको थियो भने न्याय क्षेत्र र उप प्रमुखसँग जुधेका प्रश्नमा नगर उप प्रमुख मञ्जु यरीले नागरीकले सोधका विषयमा प्रस्ट पार्नु भएको थियो ।
त्यसै गरि कार्यक्रमका अध्यक्ष साथै प्रमुख अतीथि नगर प्रमुख गोविन्द कुमार पुनले नगर प्रमुखसँग जाडिएका करिव ५० भन्दा वढि प्रश्नहरुको खुलेर जवाफ दिनु भएको छ । नगर प्रमुख पुनले सडक सञ्जालका विषयमा वढि सवाल जवाफ खेप्नु परेको थियो । २ वर्षमा सडक सञ्जालले नजोडिएका वस्तीमा सडक जोड्ने प्रतिवद्धता अनुरुप सडकलाई प्राथामिकता दिएको र अव बाँकी काम अन्य क्षेत्र र सडक स्तरवृद्धिमा हुने जनाउनु भएको छ । खानेपानी,विद्युत,शिक्षा,स्वास्थ्यलाई आगामी वजेटमा वढि जोड दिने वताउँनु भएको छ । त्यसै गरि केहि सडक क्षेत्रमा अनियमिता कुरा र अख्तीयार सम्म विना कारण मुद्धा हाल्ने प्रति भने आपती जनाउनु भएको छ ।
नगरको तिव्रगतीको विकासलाई अवरोध गर्न र काम गर्न दिन अतालिएर केहि समुहले जहाँ राम्रो र गुणस्तरिय काम भएको तेहि मुद्धा हालेर नगरलाई अफ्ठेरो पारेको जनाउनु भएको छ । नगरमा कहि कसैले अनियमित काम गरेको छ भने प्रमाण सहित पुष्ट्यिाई गररे आउनुहोस १ मिनेट भित्रमा कारवाहि हुने जनाउनु भएको छ । आफुले समेत त्यस्तो घृणित कार्य गरेका भए यो पद छोड्न तयार रहेको समेत जनतासँग वोल्नु भएको छ । तर काम गर्न नदिने गिरोहलाई जनताले पहिचान गररे वहिस्कार गर्न समेत अनुरोध गर्नु भएको छ । जस्तो सुकै अफ्ठेरो परिस्थिती वनाए पनि जनताका काम गर्न कुनै कसुर बाँकी नराख्ने जनाएको छ । नगर वासिको विकासमा सहयोगको खाँचो रहेको समेत औल्याउनु भयो ।
सार्वजनीक सुनुवाईमा उठेका जवाफको नगर प्रमुख पुनले स्पष्ट सरल र चित्त वुझ्दो रुपमा जवाफ दिनु भएको छ । साथै केहि काम गर्दा त्रुटि भएका भए सच्याएर अघि वढ्ने समेत प्रतिवद्धता जनाउनु भएको छ । विषगत शाखाका प्रमुख,राजनैतिक दलका प्रतिनिधी विभिन्न सरोकारवाला निकाय आम नगर वासिको उपस्थितीमा सार्वजनीक सुनुवाई भएको थियो । त्यसै गरि जनतासँग जनतप्रतिनीधी रेडियो वहस कार्यक्रम पनि जोडिएको थियो । बनगाड कुपिण्डे नगरपालिकाको सहयोग र कुमाख मिडिया प्रालीको आयोजनामा कार्यक्रम भएको छ ।