बनगाड कुपिण्डेमा ४७ करोड ३८ लाख ८६ हजारको वजेट प्रस्तुत

  १० असार २०७६, मंगलवार २२:२०

बनगाड कुपिण्डेको पाँचौ नगर सभामा ४७ करोड ३८ लाख ८६ हजार वजेट प्रस्तुत गरिएको छ । वजेट नगर उप प्रमुख मञ्जु यरीले प्रस्तुत गर्नु भएको छ भने निती तथा कार्यक्रम नगर सभाका अध्यक्ष तथा नगर प्रमुख गोविन्द कुमार पुनले गर्नु भएको छ । नीती कार्यक्रमले जनताका जनजवीकाका सवालमा वजेटले महत्वपुर्ण काम गर्ने दावि गरिएको छ ।

शिक्षा,स्वास्थ्य,खानेपानी,विद्युत,सडक सञ्जाल,रोजगारि सिर्जना र कृषिलाई वढि महत्व दिएको छ । नीती तथा कार्यक्रम प्रस्तुत गर्दै पुनले महिला स्वास्थ्य संव्सेविकाको भत्ता देखि गरिवी विपन्न वालवालीकाको शिक्षा स्वास्थ्य जस्ता कुरामा नगरले विशेष प्राथामिता दिने वताएको छ । वजटले बनगाड कुपिण्डे वासिको सम्वृद्धिलाई टेवा पुर्याउने कृषि पेशाषलाई प्राथामितामा राखेको छ । चालु तर्फ २८ करोड १० लाख,पुजिगत तर्फ १९ करोड ८६ लाख,अनुदान खर्च ५० लाख,नेपाल सरकार वितीय समानीयीकरण तर्फको ३३ करोड ११ लाख,राजश्व वाडफाड ११ करोड २९ लाख २४ हजार र प्रदेश सरकारको समानीकरण तर्फको १ करोड ५ लाख वरावरको क्षेत्रगत वजेट प्रस्तुत गरिएको छ । त्यसै गरि कृषि तर्फ ५० लाख,सिचाईमा ६९ लाख,पर्यटन प्रवद्धन तर्फ ६८ लाख, स्थानीय सडक सञ्जाल पुर्वाधारमा ५ करोड ३९ लाख,विधुतीकरणमा १ करोड २४ लाख,प्रशासनिक भवन निमार्णमा २ करोड,शिक्षामा २ करोड ११ लाख,स्वास्थ्य क्षेत्रमा १ करोड ५५ लाख,खेलकुद तर्फ २० लाख,खानेपानी १ करोड २० लाखर विपन्न तथा लक्षित क्षेत्रको लागि ८० लाख रकम विनीयोजन गरिएको छ । नगर सभामा वडा नं. ५ का वडा अध्यक्ष कमल वि.क.जिल्ला समन्वय समिती सदस्य आशा वलीले शुभकाना मन्तव्य दिनु भएको थियो । पाँचौ नगर सभाको प्रमुख अतिथी कर्णालि प्रदेश सभाका सचेतक तथा प्रदेश संसद गुलाव जंग शाहले उद्घाटन गर्नु भएको थियो । नगर सभाको उद्घाटन तथा शुभकामाना मन्तव्य दिने क्रममा शाहले नगरको विकासमा हातेमालो गररे अघि वढ्न अनुरोध गर्नु भएको छ । सवै नगर सभा सदस्यहरुलाई विकासमा नमुना नगर पालिका निर्माणका लागि एकतावद्ध भएर लाग्न समेत उहाँले अनुरोध गर्नु भएको छ । नगर सभाको सहजीकरण प्रमुख प्रशासकिय अधिकृत हरिवहादुर खत्री र सञ्चालन हरिस तीरुवाले गर्नु भएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website